बाँसगढीमा बृक्षारोपण



बाँसगढी, बर्दिया ।

बाँसगढी नगरपालिकाले बिभिन्न कार्यक्रमहरु गरी ३ दिन सम्म संविधान दिवस भव्य रुपमा मनाएको छ । संविधान जारीको दिनलाई खुसीयालीका रुपमा मनाउने सर्वपक्षिय बैठकको निर्णय अनुसार बाँसगढी नगरपालिकाको आयोजनामा ३ दिन सम्म बिभिन्न कार्यक्रमहरु गरी दिवस मनाएको नगरपालिकाले जनाएको छ । दिवसको अबसरमा पहिलो दिन असोज २ गते नेपालको संविधान सम्बन्धी संवाद कार्यक्रम, ३ गते र्याली र समारोह कार्यक्रम सँगै बिभिन्न व्यक्ति तथा संस्थालाई सम्मान, असोज ४ गते बृक्षारोपण गरी दिवसको कार्यक्रमको समापन गरेको छ ।

नगरपालिकाले संविधान दिवसको अवसरमा बाँसगढी कृषि हाट बजारमा बृक्षारोपण गरी शनिबार दिवस समापन गरेको हो । संविधान सभा सदस्य, जनप्रतिनिधी, कर्मचारी, राजनितिक दलका प्रतिनिधी, समाजसेबी उद्योगि व्यापारी, युवा लगायतको सहभागितामा बाँसगढी कृषि हाट बजारमा ६० बढी बिभिन बिरुवा र फलफुल रोपिएको थियो । बृक्षारोपणको क्रममा असोक, आँप, अनार लगायतका फुलफुल जातका बिरुवाहरु रोपिएको सामाजिक विकास समिति संयोजक तुल प्रसाद गौतमलले जानकारी दिए ।

दिवस समापन कार्यक्रममा संविधान सभा सदस्य निर्मण प्रकाश सुवेदी, श्याम ढकाल, बाँसगढी नगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत अम्मराज खत्री, ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्य, बिभिन्न राजनितिक दलका प्रतिनिधी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, युवा सर्वसाधरण लगायतको सहभागिता रहेको थियो । नगर प्रमुख सालिकराम अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज ५ गते आइतबार