8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

उत्कृष्ट निबन्ध लेखनमा तीन छात्रा सम्मानित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज ५, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले संविधान दिवसको अवसरमा उत्कृष्ट निबन्ध लेख्ने तीन विद्यार्थीलाई पुरस्कार सहित सम्मान गरेको छ । गत भदौ २९ गतेका दिन संविधान शिर्षकमा १४ विद्यालयका विद्यार्थीले निबन्ध लेखेका थिए । जसमध्ये उत्कृष्ट तीन विद्यार्थीलाई पुरस्कार सहित सम्मान गरेको हो । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले बालबालिकाको विकास र क्षमता बृद्धि गर्नका लागि निबन्ध लेखन प्रतियोगिता गराएको बताए । ‘विद्यार्थीलाई किताबी ज्ञानले मात्र दक्ष जनशक्ति उत्पादन गर्न सम्भव छैनन्’ उनले भने, ‘आजका बालबालिका भोलीका कर्णाधार हुन् ।’ बालबालिकाको चौथर्पी विकास गर्ने जरुरी रहेको उनको भनाई थियो ।

कार्यक्रममा कोहलपुर नगरपालिका नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले अन्तर आत्मादेखि पढ्ने बानीको विकास गर्नुपर्नेमा जोड दिएका थिए । ‘कुनै विद्यार्थीले जबरजस्ती गरेर पढ्दैन’ उनले भने, ‘घरमा होस् या विद्यालयमा होस् कुटेर विद्यार्थीले कहील्यै पनि राम्रो शिक्षा प्राप्त गर्न सक्दैन ।’ उनीहरुलाई माया, ममता र स्नेह दिँदै पढाउनुपर्ने भन्दै उनले राम्रो शिक्षा प्राप्त गर्न सक्ने विश्वास रहेको थियो । यस्तै निबन्ध लेखनमा सैनिक स्टार विद्यालयकी कक्षा ९ मा अध्ययनरत छात्रा कृष्टीना लामिछाने प्रथम, कृष्ण माध्यामिक विद्यालय कौशिलानगरकी छात्रा विनिता परियार द्धितिय र एभरेष्ट सैनिक विद्यालयकी छात्रा अस्मीता खत्री तृतिय भएकी थिइन् । नगर शिक्षा शाखाका प्रशासक सहायक दुर्गा वास्तोलाका अनुसार प्रथमलाई तीन हजार, द्धितीयलाई दुई हजार र तृतीयलाई एक हजार नगद रुपैयाँ सहित शैक्षिक साम्रागी पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधी, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारती, संस्थागत विद्यालयका संगठन(क्रिसा) का अध्यक्ष शिव डाँगी, शिक्षक विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । यसैबिच अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा जानकी गाउँपालिका बाँके र जनजागरण समाज खजुराको संयुक्त आयोजनामा शनिवार शान्तिका लागि विद्यार्थीको भूमिका विषयक निवन्ध प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा छात्रातर्फ ब्राईटस्टार ईङ्ग्लिस मिडियम बोडिङ्ग स्कूलकी प्रवृति पोखरेल प्रथम, बालविकास ईङ्ग्लिस मिडियम बोडिङ्ग स्कूलकी वर्षा गुप्ता द्वितिय र जानकी माविकी रीना साहु तृतीय भएको जानकी गाउँपालिका शिक्षा, खेलकुद तथा युवा शाखाका संयोजक खगेन्द्र मल्लले जानकारी दिए । उनका अनुसार छात्रतर्फ पनि ब्राईटस्टार ईङ्ग्लिस मिडियम बोडिङ्ग स्कूलका अनुसागर यादव प्रथम, बाल विकास ईङ्ग्लिस मिडियम बोडिङ्ग स्कूलका राज बर्मा द्वितिय र जानकी माविका प्रकाश धोवी तृतीय भएका छन् ।

प्रकाशित मितिः आइतवार, अशोज ५, २०७६     8:07:23 AM  |