जुम्लामा बस दुर्घटनामा एकको मृत्यु, पाँच घाईते



शुभाकर विश्वकर्मा,जुम्ला
जुम्ला ः कालिकोटको तिला गुफा नगरपालिका १, नाग्ममा बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जुम्लाको सिंजाबाट सदरमुकाम आउदै गरेको ना १ ख ७६६४ नम्बरको बस दुर्घटना हुदाँ एक जनाएको मृत्यु भएको हो ।

कालिकोट र जुम्लाको सिमाना रहेको नाग्ममा दुई दिशाबाट आएका बसहरुलाई छक्याउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी पाँच जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डियसपि लाल बहादुर धामीका अनुसार घाईते हुनेमा मुगुको छायानाथ रारा नगरपालिका ८ का वर्ष ३० की जुनमति रावत, सोही ठाउँकी वर्ष ३२ की लालदेवी रावत रहेका छन् ।

यस्तै अछामको ढकेरी गाउँपालिकाका ३५ वर्षीय डिल्ली भूल छन् । भने जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ९ बस्ने छाया उपाध्याय र गर्भकन्या उपाध्याय रहेको डियसपि धामीले बताए ।

टेलिफोन सम्पर्क हुन नसक्ने भएकोले घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

घटना स्थल तर्फ प्रमुख जिल्ला अधिकारी र ईन्सपेक्टरको टोली गएको र थप विवरण भोली नै आउने उनले बताए । घाईतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ ३१ गते मंगलबार