29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

जन्मदिनमा विपन्न विद्यार्थीलाई फिल्टर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ ३०, २०७६  

शुभाकर विश्वकर्मा

जुम्ला

नेपाल कम्युनिष्ट पार्टी जुम्लाका सदस्य आदी प्रसाद न्यौपानेले जन्मदिनको अवसरमा दुई विद्यालयलाई फिल्टर प्रदान गरेका छन् । तातोपानी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य समेत न्यौपानले आफ्नो जन्म दिनको अवसरमा फिल्टर प्रदान गरेका हुन् ।

तातोपानी गाउँपालिका वडा नम्बर ६ स्थित भगवती आधारभुत विद्यालय धौलापानी र बसन्त आधारभुत विद्यालय रावतबाडालाई स्टेशनरी र फिल्टर प्रदान गरिएको हो । सदस्य न्यौपानेले जन्म दिनको अवसरमा विद्यार्थीलाई केही राहात होस भन्ने उद्देश्यले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी र फिल्टर प्रदान गरिएको बताए ।

न्यौपानेका अनुसार आफ्नो व्यक्तिगत खर्च कटाएर  जेहेन्दार विद्यार्थीकलाई निशुल्क प्रदान गरिएको हो ।  २७ औ बाल दिवसको अवसरमा उनले सहयोग प्रदान गरेको भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक लाल प्रसाद चौगालाईले बताए ।

चौलागाईले आफ्नो विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई सहयोग गरेको भन्दै खुसी व्यक्त गरे ।  बसन्त आधारभुत विद्यालय रावतबाडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्क रावले पनि  न्यौापाने प्रति आभार प्रकट गरेका छन् ।

यस्तै वडा नम्कर ६ कै बिहानी आर्ट जुम्लाका लाल बहादुर बिष्टले दुवै विद्यालयलाई भितके घडी प्रदान गरेका छन् ।  न्यौपाने तत्कालिन एमाले जुम्लाका पार्टी सचिव समेत हुन् ।

प्रकाशित मितिः सोमवार, भदौ ३०, २०७६     10:44:43 AM  |