शुभाकर विश्वकर्मा,जुम्ला
जुम्लामा दोस्रो पटक आयोजना गरिएको जुम्ला–रारा अल्ट्रा म्याराथनमा पाँच सय जनाले सहभागिता जनाएका छन् । कर्णाली स्पोट्स क्लव जुम्लाको आयोजनामा आयोजना गरिएको म्याराथनमा स्थानीय, राष्टिय तथा अन्तराष्टिय खेलाडी सहभागि भएका हुन् 
जुम्लाको चन्दननाथ देखी कर्णाली प्रमुख पर्यटकीय स्थल रारा ताल सम्मको ४९ किलोमिटर, ५ किलोमिटर र १ किलोमिटर दौड प्रतियोगितामा देश तथा विदेशका पाँच सयले सहभागिता जननएको क्लवका अध्यक्ष सरोज शाहीले जनाकारी दिए । ४९ किलोमिटरमा ६३ जनाले सहभागिता जनाएका छन् ।
भने पाँच किलोमिटरमा ५० जना र १ किला मिटरमा २५ जना लगायत अन्य गरी पाँच सयको जनाको सहभागिता रहेको जनाईएको छ । जस अन्तर्गत ५ किलोमिटर दौड प्रतियोगिताको उपाधी महोत्तरीका नारायाण कुमार कुशवाहाले जितेका छन् ।
यस्तै जुम्लाका विकास बुढा दोस्रो, जुम्ला कै कविन्द्र बुढा तृतिय र प्रेम रावत सान्त्वना भए । भने महिला तर्फका जुम्लाकी हिमाली शाही प्रथम भईन् । भने निशा पाण्डे दोस्रो, अन्जना लामा तेस्रो भईन् भने अस्मिता सुनार सान्त्वना भएको आयोजकले जनाएको छ ।
यस्तै एक किलो मिटरको दौड प्रतियोगितामा केटी तर्फ निरु रावत प्रथम, मन्जिता ऐडी दोस्रो र अष्मी भण्डारी तेस्रो स्थान भईन् । । यस्तै एक किलोमिटर केटा तर्फ नारायण रावत, दोस्रो लक्ष्मण जिसी र तेस्रो मा नरेश बुढा भएको शाहीले बताए । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे र चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले पुरस्कार वितरण गरिन् ।
खेलाडीलाई मेडल, प्रमाण पत्र वितरण गरिएको छ । यस पटकको ४९ किलोमिटर तर्फको प्रतियोगितामा आयरल्याण्डका जिम्नी वस्टेन, डेनमार्कका स्टिना, बेलायतका अल्टन, बरस्विकको सहभागिता रहेको छ । भने भारतका ५२ वर्षीय धावक जगदिश यादव र २५ वर्षीय कुलद्धिप चौधरीले सहभागिता जनाएका छन् ।
जुम्ला रारा अल्टा म्याराथन नेपाल टेल रेस सिरिजको सेमिफाईलन प्रतियोगिता हो । महिला र पुरुष तर्फको प्रतियोगितामा उत्कृष्ट ६ जनाले फाईनल प्रतियोगितामा सहभागिता जनाउने छन् । भोली मुगुस्थित रारा तालमा पुुरस्कार वितरण गरिने भएको छ । प्रथम,द्धितीय र तितृय हुने खेलाडीले ७५ हजार, ५० हजार र २५ हजार पाउने छन् ।









प्रतिक्रिया दिनुहोस्