29 November 2023  |   बुधबार, मंसिर १३, २०८०

मुगुमा उत्पादन बढि बजारीकरणशून्य

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६  

खड्क सुनार, मुगु।

यति बेला मुगुका केही गाँउमा स्याउ टिप्ने चटारो उत्तिकै चलेको छ । विहान बेलुका रात दिन भोक प्यास नभनि यहाका स्याउ कृषकहरु आफ्नो स्याउ बगैचामा रुमालिएका देखिन्छन् । जिल्लाको छायानाथ रारा नगरपालिका भित्र रहेका केही गाउहरुमा असारे महिनामा हरियाली देखिन्छन् भने भदौ , असोज महिनामा स्याउका बगैचामा राताम्मे देख्न सकिन्छ ।

छायानाथ रारा नगरपालिका ५ की धनसरी सुनारका परिवारलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइ नभ्याइ भएको छ । उनीहरू मात्र होइन यतिबेला मुगु जिल्लाका स्याउ किसानलाई स्याउ टिप्ने चटारो रहेको पाईएको छ । मुगुका बाम, ताल्चमा रहेको मैतु , रोवा, शोभा, खमाले सेरी लगायतका क्षेत्रमा स्याउको पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रका स्याउ किसान स्याउ टिप्न व्यस्त छन् ।

त्यस्तै छायानाथ रारा नगरपालिका वडा नं १२ का सिद्धकला सावत उमेरले २१ वर्ष पुग्नु भयो । उनी कृषि जे.टि.ए. मा अध्यनरत छन् । पछिल्लो समय यहाका युवा देखि बालवालिका पनि आफ्नो स्याउ खेतीमा उत्तिकै चासो देखाएको पाईन्छ ।

युवती सावतले भन्नु भयो एक त आफु कृषि जे।टि।ए मा अध्यनरत छु त्यसैमा पनि खेतीपाती उत्तिकै बाहुल्यता दिएको बताउनु भयो । आफ्नो बगैचामा अहिले एक सय जति स्याउका विरुवा छन् ।

त्यसमा फल्ने ५० र नफल्ने त्यसको आधा जति रहेको बताए ।
स्याउ ढिलो टिपे कुहिने र बिक्री नहुने समस्याले स्याउ किसान धमाधम स्याउ टिपेर बगैँचा खाली गर्न थालेका छन् । २० वर्ष पहिले स्याउ कात्तिकमा पाक्ने भएको भए पनि मौसम परिवर्तनले भदौमा स्याउ पाक्न थालेका किसान भैर बुढाले जानकारी दिए ।

आफ्नो बारीमा २ यस बोट छन् । ८० क्विन्टल स्याउ उत्पादन हुने अनुमान गरेको छु । बजारीकरणको समस्याले स्याउ कसरी खपत गर्ने भन्ने पिरलो छ ’ उनले भने, स्याउ भए पनि भरपर्दो सडक नुहँदा स्याउ बजारीकणको समस्याले स्याउ उत्पादन भए पनि बिक्रीमा असहज भएको बुढाको भनाइ रहेको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६     1:58:55 PM  |