शुभाकर विश्वकर्मा,जुम्ला
कर्णाली कै लामो र ठूलो गाई जात्रा जुम्लामा संचालन भईरहेको छ ।नेवार समुदायले मात्र मनाउने जात्रा जुम्ला लगायतका अन्य जिल्लामा समेत बहुसंख्यक हिन्दु धर्मावलम्बीहरुले समेत यसलाई धुमधामका साथ मनाउने गर्दछन् । जुम्लामा रहेका नेवार समुदायको प्रमुख पर्वको रुपमा समेत गाईजात्रा परापुर्वकाल देखी मनाउदै आईरहेका छन् । यस पटक गाईजात्रालाई अवसरमा विभिन्न सामाजिक कार्य गर्ने अवसरमा रुपमा समेत लिईएको छ । जुम्लाका केही युवा समुह, संस्था र स्वयम सेवक समुहहरुले सामाजिक कार्य गर्ने अवसरको रुपमा जात्रालाई लिएका हुन् । यस पटक जात्राको अवसरमा समाज सेवा गर्नका लागि चटपटे बेच्ने देखी निःशुल्क स्वास्थ्य परिक्षण गराउने अभियान थालेका छन् । जुम्लामा केही महिना अघि देखी स्वयमसेवकका रुपमा सरसफाई लगायतका सामाजिक कार्य गर्दै आएको जागौ युवा कर्णाली नेपाल जुम्लाका केही युवाहरुले चछपटे बेचिरहेका छन् ।
जात्रा अवधिभर चटपटे बेचेर संकलन भएको पैसा सामाजिक कार्यमा सदुपयोग गरिने सस्थाका अध्यक्ष हरिश रोकायले बताए । उनका अनुसार समाजमा रहेका असहाय, शिक्षामा पछि रहेका बालबालिका र व्यक्तिलाई निशुल्क सहयोग गर्ने उद्देश्यले यस्तो कार्य गरिएको हो ।‘चटपटे बेचेर जम्मा भएको रकम सामाजिक कार्यमा लगानी गछौ’ अध्यक्ष रोकायले भने । यो व्यापरिक भन्दा पनि बिशुद्ध समाज सेवा गर्ने हिसाबले शुरु गरिएको कार्य हो । यस्तै जिल्लाका ग्रामिण क्षेत्रका बालबालिकाहरुको लागि स्वास्थ्य क्षेत्रमा काम गर्दै आईरहेको सन्ध्या फाउन्डेसन जुम्लाले पनि निःशुल्क स्वास्थ्य जाँच गराईएको छ । जात्रामा आउने हरुको स्वास्थ्यलाई मध्यनगर गर्दै प्राथमिक उपचारको व्यवस्था मिलाईएको फाउन्डेसका अध्यक्ष अगंत प्रसाद देवकोटाले बताए । तेस्रो दिन सम्म आईपुग्दा ३ सय भन्दा बढिको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको उनले जानकारी दिए ।
उनका अनुसार जात्रामा आउने मानिसहरुलाई सहज होस भन्नका लागि सामाजिक उत्तरदायित्व बोध गर्नको लागि निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । विगतका वर्षहरुभन्दा यस वर्षको जात्रा निकै शौहार्दपुर्ण वाताावरणमा संचालन भईरहेको जात्रा समिति मुल आयोजक समिति जुम्लाले जनाएको छ । यस पटक जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय र नागरिक समाजको समन्वयमा शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था कडा बनाईएको छ । भने मदिरा सेवनलाई समेत नियन्त्रण गरिएको छ । नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महत जात्राको बेला यस पटक युवाहरुको सामाजिक कार्यले मनोरन्जन मात्रै नभई सामाजिक कार्य गर्ने अवसरका रुपमा पर्वहरुलाई लिन सकिने उदाहरण पेस गरेको बताउँछन् । कर्णालीका जुम्ला,जाजरकोट, डोल्पा,मुगुबाट मानिसहरु जात्रा मनाउनको लागि आउने गर्छन् ।