कोहलपुरको विकास र समृद्धिमा योगदान पु¥याउनेलाई सम्मान



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले यस क्षेत्रमा रहेर नगरको समग्र विकास र समृद्धिमा योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गरेको छ । नगरपालिकाले आफ्नो वार्षिक निती तथा कार्यक्रम अनुसार शिक्षा, सञ्चार, खेलकुद र समाजसेवामा योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई कदरपत्रसहित बुधबार सम्मान गरेको हो ।

नगरपालिकाले गरेका विभिन्न सकारात्मक गतिविधिहरुलाई सञ्चारका माध्याममार्फत आम नागरिकहरुसामु पु¥याउन सहयोग गरेको भन्दै कोहलपुरमा रहेका रेडियो, पत्रपत्रिका र अनलाइनहरुलाई सञ्चार सामग्री र कदरपत्रसहित सम्मान गरेको थियो । कोहलपुरमा रहेका ३ वटा रेडियो, १ वटा साप्ताहिक सहित ४ वटा पत्रिका र २ वटा अनलाइन पत्रिकाहरुलाई १÷१ वटा ल्याप्टप तथा कम्प्युटरका साथै कदरपत्रले सम्मान गरिएको हो ।

यस्तै शैक्षिक क्षेत्रको विकासमा योग्दान पु¥याएको भन्दै समाजसेवी तथा शिक्षाप्रेमी हरिबहादुर रावत र नारायण प्रसाद सिग्देललाई तथा खेलकुद क्षेत्रमा योगदान गरेवापत होमेन्द्र क्षेत्री, सुनिता नेपाली, दिपेन्द्र थापा, संगिन शर्मालाई कदरपत्र सहित सम्मान गरिएको थियो । कोहलपुर नगरपालिकामा सबैभन्दा धेरै कर बुझाउने नेपालगञ्ज मेडिकल कलेजका प्रवन्ध निर्देशक सुरेश कनौडियालाई पनि नगरपालिकाले सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख लुट बहादुर रावतले यस क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गरिएको बताए । नगरपालिकाले कसैको आग्रह पूर्वाग्रहमा नपरी उनीहरुले गरेको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको उनले दाबी गरे । उनले आगामी दिनमा यस क्षेत्रको विकासको लागि सबै क्षेत्रसँग सहकार्य गर्न नगरपालिका तत्पर रहेको उल्लेख गरे ।

उपप्रमुख सन्जु कुमारी चौधरीले नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत कोहलपुरको विकासमा योगदान पु¥याउने संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको जानकारी दिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन ३० गते बिहीबार