घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको अध्यक्षमा पुनः हेम विक्रम जिसी



कोहलपुर ।

घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरपालिका समितिको अध्यक्षमा पुनः हेम विक्रम जिसी चयन भएका छन् । शनिबार बाँकेको कोहलपुरमा सम्पन्न वार्षिक साधारण सभा तथा प्रथम नगर अधिवेशनबाट उनी अध्यक्षमा पुनः दो¥होरिएका हुन् ।

महासंघको बरिष्ठ उपाध्यक्षमा दिपेन्द्र वाग्ले, उपाध्यक्षमा रामु लम्साल, महासचिवमा सी. एम. उपाध्याय र कोषाध्यक्षमा गोपाल प्र्रसाद खनाल सर्वसम्मत रुपमा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा महदत्त कड्ेल, विन्दु विसी, भरत खत्री, सुधन ढकाल, तिर्थ बहादुर बस्नेत र सुना नेपाली रहेका छन् । यसैगरी शनिबार नै सम्पन्न अधिवेशनबाट घरेलु तथा साना उद्योग महासंघ नगर समितिमा महिला समितिको अध्यक्षमा अशोका केसी चयन भएकी छिन् ।

जसको बरिष्ठ उपाध्यक्षमा लिला कुमारी तिवारी, उपाध्यक्षमा झरना देवकोटा, महासचिवमा निर्मला शर्मा र कोषाध्यक्षमा कल्पना भण्डारी चयन भए । सदस्यहरुमा लोक कुमारी रोका, नन्दकला सिजाली, विष्णु कुमारी चौधरी, सविता लामिछाने र कल्पना लम्साल चयन भएका छन् । अधिवेशनले २८ जना जिल्ला प्रतिनिधिहरु समेत चयन गरेको छ ।

प्रकाशित मिति : २०७६ साउन २५ गते शनिबार