गत असार ६ गते दाङको घोराहीमा भद्रबहादुर जैसी (परिवर्तित नाम) लाई सीतादेवी थापाले फोन गरेर ‘मेरो घरायसी विषयको मुद्दा छ, तपाईं कानुनको बारेमा जानेको मान्छे’ भनी सल्लाह गर्न बोलाउँछिन् ।
त्यसपछि जैसीले घोराही उपमहानगरपालिका–१५ को कोहिनुर रेष्टुरेन्टमा घोराही नगरपालिका–१५ कि थापा र खुमा वलीलाई भेट्छन् ।
रेष्टुरेन्टको क्याबिन कोठामा मुद्दाको बारेमा कुराकानी गरेपछि घर फर्किने बेलामा थापा कोठाको खाटमा पल्टिएको र पैसा तिरिसक्दा पनि तल नझरेपछि जैसीले बोलाउन जाँदा गालीगलौच गरेर ‘मेरो इज्जतमा हात हाल्ने अब म छोड्दिन जबर्जस्ती करणीमा मुद्दा हाल्छु’ भनी वादविवाद हुन्छ ।
असार ७ गते वलीले फोन गरी ‘सीतादेवीका ठूलावडा मान्छे छन्, मुद्दा दर्ता गर्ने कुरो गर्दैछिन् के गर्ने, हामी मिलाउँछौं, प्रहरी कार्यालयमा यो कुरा पुग्न दिँदैनौं केही पैसा तपाईंले दिनुपर्छ आउनुस् छलफल गरौं’ भनेर जैसीलाई बोलाउँछिन् ।
त्यसपछि उनीहरुले सागर एण्ड सुनील रेष्टुरेन्ट तथा लजमा भेट गर्छन् । ‘त्यस क्रममा उनीहरुले यो कुरा छिटो मिलाउनुप¥यो नत्र प्रहरीमा उजुरी हाल्छौं भनेर डर धाक धम्की दिई ५० लाख रुपैयाँ माग्छन् । त्यति रकम छैन भन्दा मुद्दा नहाली छाड्दै छाड्दैनौं भनेर उनीहरुले १ लाख रुपैयाँ र १७ लाख रुपैयाँको चेक जैसीबाट लिन्छन् ।
पीडित जैसीले दाङ प्रहरीमा उजुरी दिएपछि प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियारलाई पक्राउ गरेको छ । उनीहरुलाई आइतबा प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।
पीडितको उजुरीका आधारमा प्रहरीले थापाको कोठामा खानतलासी गर्दा १७ लाख रुपैयाँको चेक भेटेको छ भने नगद १ लाख भने ब्याजमा लगाइसकेको पाइएको छ ।
पक्राउ परेकामाथी मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक आर्थिक लाभसम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउन लागेको छ ।










प्रतिक्रिया दिनुहोस्