कोहलपुर :
बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ का अति विपन्न नागरिकलाई राहत वितरण गरिएको छ ।
लामो समय सम्मको कोरोना कहरका कारण दैनिक हातमुख जोड्न समस्या भएका नागरिकलाईहरुलाई राहत वितरण गरिएको हो ।
वडा नम्बर ६ मा रहेको नमुना युवा क्वलको आयोजनामा बुधबार एक कार्यक्रमका बीच राहत वितरण गरिएको थियो ।दुई चरणमा गरी त्यहाँका २ सय ३१ जनालाई राहत वितरण गरिएको हो ।
उनीहरुलाई चामल, दाल, नुन, तेल र साबुन वितरण गरिएको बताइएको छ । बुधबार सम्पन्न राहत वितरण कार्यक्रमका प्रमुख अतिथि नेकपा बाँकेका नेता सूर्य ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नेकपा क्षेत्रीय कमिटिका संयोजक समेत रहेको नेता ढकालले युवाहरुको सक्रियतामा आर्थिक रुपमा विपन्नलाई सहयोग गर्नु निकै महत्वपूर्ण कार्य भएको बताए । उक्त कार्यक्रममा नरैनापुर गाउँपालिका वडा नम्बर ६ का अगुवा तथा युवाहरुको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्