जुम्ला ।
नौ महिना देखी अँध्यारो जुम्ला सदरमुकाममा बत्ति बल्ने भएको छ । विगत १ दिन देखी पुर्ण रुपमा अन्धकार रहेको सदरमुकाममा बत्ति बाल्न डिजेल प्लान्टबाट बत्ति बालिने साना जनविद्युत उपभोक्त समिति जुम्लाले जनाएको छ । सदरमुकाम उज्यालो गर्न सांसद विकास कोषको लगानीमा डिजेल प्लान्ट पुगिसकेको र केही दिनमा पुनः विद्युत सुचारु हुने समितिका अध्यक्ष विष्णु बहादुर बुढथापाले बताए । भारतीय राजदुताबासको सहयोगमा निर्माणाधिन मेशिन जडान नहुदै बिग्रिएपछि सदरमुकाम अन्धकार भएको थियो ।
सदरमुकाम उज्यालोका लागि जुम्लामा प्रतिनिधीसभा सांसद गजेन्द्रबहादुर महतको सांसद विकास कोषबाट रु २४ लाख ६० हजारको लगानीमा डिजेल प्लान्ट मेशिन खरिद गरिएको हो । नेपालगंजबाट ४ दिन लगाएर ज्याक्सन कम्पनीको दुई सय केभी ९ १६० किलोवाट० को मेशिन जुम्ला पुगेको उनले बताए । सांसद महतले जुम्ला सदरमुकाम बत्ति विहिन भएपछि सरकारी कामकाज देखी जनतालाई चाडपर्वको बेला अध्यारो भएको भन्दै रु ५० लाख अल्पकालिन बत्ति वाल्नका लागि बिनियोजन गरिएको बताए । उनको निर्वाचन क्षेत्र समेत रहेको सदरमुकामको अँध्यारो हटाउन सासंद विकासको कोषको रकम बत्तिमा हालिएको उनको भनाई छ ।
नयाँ आएको डिजेल प्लान्टबाट उत्पादन हुने बत्ति भने सौलियत गरिने बताईएको छ । मेशिनको लागत, ढुवानी, तेल खर्चको बिषयमा जडान भएर सञ्चालन भएपछि सार्वजनिक सुनुवाई गरिने नेकपा कर्णाली प्रदेश सदस्य पूर्णप्रसाद धितालले बताए । जुम्लामा बत्ति नहुदा २२ हजार उपभोक्ताका साथै १८ दिन देखी बत्ति बिहिन जुम्ला भएपछि सरकारी कामकाज प्रभावित भएका छन् ।








प्रतिक्रिया दिनुहोस्