15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

चरेस फडानीमा सुरक्षा प्रमुख र जनप्रतिनिधी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६  

जाजरकोट ।

दैनिक सुरक्षा र जनताको काममा सदरमुकाममा बसेर काम गरेर समय खर्चीने गरेको सुरक्षा अधिकारीहरु एक वर्ष यता गाउँ, गाउँमा पुगेर बिभिन्न खालका अभियान चलाउने गरेका छन् ।

कुशे गाउँपालिकाको–६ थर्पु भार्मा प्रहरी चौकी स्थापना गर्न गएका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, डिएसपी श्याम खत्री र गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेत लगाएतको टोलीले डेढ रोपनी जग्गामा लगाएको चरेस खेती नष्ट गरेको छ । जिल्लाका सुरक्षा अधिकारी आफै उपस्थित भएर यसरी आफै लागु औषधका रुपमा प्रयोग हुँने चरेसको खेती नष्ट गरेको पहिलो घटना हो । अवैध लागुऔषध चरेस खेतीलाई नष्ट गर्ने अभियान कुशे गाउँपालिकाको भार्माबाट सुरु गरेको प्रजिअ बस्नेतले बताए ।

कुशे गाउँपालिकाबाट सुरु गरिएको यस अभियानलाई जिल्लाको सबै स्थानीय तहका सबै वडास्तरसम्म पु¥याईने प्रजिअ बस्नेतको भनाई रहेको थियो । गाँजा, चरेस लगाएतका अबैद्य लागु औषधको उत्पादन, खरिद, विक्रि लगाएतको ओसार पसार गर्न नपाउने गरि नेपाल सरकारले अन्तराष्ट्रिय संन्धिमा हस्ताक्षर गरेको बताउदै उनले लागु औषध दुव्र्यसनी सम्बन्धि चेतनामुलक कार्यक्रमहरु गाउँ–गाउँमा सञ्चालन गर्दै अगाडी बढ्ने अध्यक्ष बस्नेतको दावी छ ।

सरकारको नियम कानुनलाई कार्यन्वयन गराउने निकायका रुपमा सधैभरि जनताको बीचमा नेपाल प्रहरी रहेको डिएसपी खत्रीले बताए । सरकारको निर्देशनमा गाँजा, चरेस लगाएतका अवैध लागुऔषधको कारोबार नियन्त्रण गर्न नेपाल प्रहरी लागि परेको जानकारी दिदै जिल्ला प्रहरी प्रमुख खत्रीले अवैध लागु औषधको कारोबार गर्नेलाई मात्र नभएर खेती गर्नेलाई पनि मुद्धा चलाउन सक्ने कानुनी व्यवस्था भएको जानकारी दिए ।

शान्ति, सुरक्षा र अमन चयन कायम गर्न जनताको पक्षमा लागि परेको नेपाल प्रहरीलाई आम नागरिकले साथ दिन खत्रीले अपिल गरेका छन् । जाजरकोटको बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका, जुनिचाँदे गाउँपालिकामा चरेस, अफिम लगाएको खेती लुकीछिमी अत्यधिक गरिदै आएको छ ।

प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६     9:18:01 AM  |