नेपालगन्ज ।
बाँकेको खजुरा गाँउपालिका प्रमुख किस्मतकुमार कक्षपतिले स्थानीय सरकार आएपछि स्वास्थ्य क्षेत्र सुधार हुदै गएको बताएका छन् । विरोधका लागि विरोध होइन सकारात्मक सोचका साथ सामाजिक रुपान्तरणमा लाग्नु पर्ने बताएका नल बताएका हुन् ।
खजुरामा स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिता परियोजना अन्तरगत अध्ययनका परिणाम तथा सिफारिस सार्वजनिकीकरण गोष्ठीमा बोल्दै गाउँपालिका प्रमुख कक्षपतिले सामाजिक जवाफदेहिताका लागि आफुले आफैलाई मूल्यांकन गर्नु पर्ने बताए । स्वास्थ्यसंग आवद्धहरुको ३÷३ महिनामा बैठक राखेर उपलब्धी, समस्या, कार्यसम्पादन लगायतका कुराको समिक्षा गरिने बताए । जनप्रतिनिधि र कर्मचारीले आफ्नो दायित्व बोध गरेमा सामाजिक जवाफदेहितामा टेवा पुग्ने बताउँदै अध्यक्ष कक्षपतिले सकारात्मक सोचका साथ लाग्न आग्रह गरे ।
कार्यक्रममा उपप्रमुख एकमाया विकले सामाजिक जवाफदेहिताका औजारको प्रयोग गरेर सेवाप्रवाह गरिने बताइन् । खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले सेवा प्रदायक र सेवाग्राहीबीच दूरी कम गर्न भए गरेका कमजोरी सच्याएर जानु पर्नेमा जोड दिए । खजुरा गाउँपालिकाको संयोजन, यू के आइडी, डिएफआइडीको सहयोग र प्याक्ट र साहसको सहजीकरणमा भएको कार्यक्रममा प्याक्टका दुर्लभकुमार बोगटीले सेवा सुधारका लागि सेवा प्रदायक, सेवाग्राही र नागरिकका प्रतिनिधिवीच सहभागितामुलक अन्तरक्रिया हुनु पर्नेमा जोड दिँदै राजनीतिक जवाफदेहिता र प्रशासकीय जवाफदेहिता हुनु पर्ने उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्