लागुऔषध न्युनिकरणबारे अभिमुखीकरण



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेका श्री राम माध्यमिक विद्यालयमा लागु औषध न्युनिकरण सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण सम्पन्न भएको छ । विद्यालय स्तरमा लागु औषध दुव्र्यसन बढ्दै गईरहेको र न्युनिकरणको लागि विद्यार्थी मार्फत जनचेतना फैलाउने उद्देश्यले अभिमुखिकरण गरिएको हो ।

हाम्रो आवाज, लागु औषध दुव्र्यसनबाट मुक्त समाज भन्ने मुल नारा सहित शुरु अभियानको क्रममा आमा समुह, धार्मिक गुरुहरुसंग अन्र्तक्रिया,सडक नाटक र जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरिने आयोजक समाज सेवा नेपाल कोहलपुरका अध्यक्ष विनोद थापाले बताए । श्री राम माविमा भएको कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास शाखा संयोजक नारायणी वलीले कोहलपुरमा लागु औषध प्रयोगकर्ताको अवस्था डर लाग्दो अवस्थामा रहेको बताईन् ।

विद्यालय स्तरमा विद्यार्थीहरुका माध्यमबाट पनि न्युनिकरण गर्न सकिने भएकोले यस्ता कार्यक्रम आवश्यक रहेको उनले बताईन् । कोहलपुर नगरशिक्षा अधिकारी अनन्त कुमार पौड्याले लागु औषधको विषय पाठ्यक्रममा आईसकेको अवस्थामा विद्यार्थी आफैपनि यस बारे सचेत रहनु पर्ने बताए । ‘विद्यालयमा लागु औषध प्रयोगकर्ता बढिरहेको पाईएको छ’ उनले भने, ‘घरमा अभिभावक र विद्यालयमा शिक्षकले पनि विद्यार्थीको सही निगरानी गर्नु पर्ने अवस्था आएको छ ।’ अभियान अन्तर्गत विभिन्न निकायको सहकार्यमा कोहलपुरका ६ वटा विद्यालयमा कार्यक्रम गरिने भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ २९ गते बुधबार