8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

दिगो विकासका लागि सञ्चार क्षेत्रसँग सहकार्य

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५  

कोहलपुर ।
कोहलपुरको दिगो विकासका लागि सञ्चार क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढिने कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले बताएका छन् । बाँकेको कोहलपुरमा बुधबार भएको एक कार्यक्रममा बोल्दै उनले कोहलपुरको ढिगो विकासको लागि नगरपालिका सञ्चार निति बनाएर अगाडि बढ्ने प्रतिबद्वता जनाए ।

नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासघ बाँकेले आयोजना गरेको स्थानिय सरकार, सुशासन र सञ्चारमाध्यमको सहकार्यको अवस्था तथा आगामी रणनिती बिषयक गोष्ठीमा नगर प्रमुख रावतले उक्त कुरा बताएका हुन् । कोहलपुरको विकासमा सञ्चार क्षेत्रको समेत ठूलो भुमिका हुने भन्दै उनले स्थानीय मिडिया र पत्रकारलाई सहयोग पुग्नेगरी नगरपालिकाले निती बनाउने बताए । नगरपालिकाले गरेका विकास निर्माणका कार्यहरुलाई सञ्चारमाध्ययमले प्राथमिकता दिनुपर्नेमा नगर प्रमुख रावतले जोड दिए ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटाले स्थानीय सञ्चार क्षेत्रको विकासको लागि नगरपालिकाले ठोस निती बनाएर सञ्चार क्षेत्रसँग सहकार्य गर्ने बताए । नेकपा प्रदेश ५ सदस्य पुजन बिश्वकर्मा, कोहलपुर नगर अध्यक्ष बसन्ती अधिकारी, पत्रकार बिष्णु वेल्वासे, वडा अध्यक्ष, सदस्य लगायतले आफ्नो भनाई राखेका थिए ।

स्थानीय जनप्रतिनिधीहरुले बजार क्षेत्रमा मात्रै सिमित नभई पत्रकारले नगरका हरेक वडाका समाचार प्रकाशन प्रशारण गर्नुपर्नेमा जोड दिए । वडामा भएका विकास निर्माण, कृषि, व्यवसाय तथा पर्यटनका समाचारलाई मिडियाले स्थान नदिएको गुनासो गर्दै उनले यस्ता समाचारहरुलाई पनी प्राथमिकता दिन आग्रह गरे ।

पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष प्रदिप वाग्लेले जनप्रतिनिधी र सञ्चार क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । नगरपालिकालाई सञ्चार निति बनाउन पत्रकार महासंघ बाँके शाखा सघाउन तयार रहेको उनले प्रतिबद्वता जनाए । गोष्ठीमा बरिष्ठ पत्रकार डिल्ली बिसीले स्थानिय सरकार, सुशासन र सञ्चारमाध्यमको सहकार्यको अवस्था तथा आगामी रणनिती बिषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कोहलपुर नगरपालिका भित्रका जनप्रतिनिधी, कोहलपुर क्षेत्रका विभिन्न सञ्चारमाध्यममा आवद्व पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५     9:44:20 AM  |