3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

पैसा होइन सेक्स रोज्छु, सम्हाल्न सक्ने काे ? : रुवि शर्मा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ २७, २०७५  

फिल्मको रंगीन दुनियामा मिसिन आएकी नवनायिका रुवि शर्मा २१ औं सताब्दीमा स्वतन्त्र भएर हिड्न पाउनु पर्ने तर्क गर्छिन् । उनलाई यतिबेला अरु केही चाहिएको छैन ।

फिल्म खेल्न पाए र खेलेको फिल्म राम्रो भएर अडियन्सले कलाकारको रुपमा चिनिदिए हुन्थ्यो भन्ने लागेको छ । तर त्यो उपलब्धि सहजै हासिल गर्न भने गाह्रो छ । त्यसैले पनि नवनायिका शर्मा यो क्षेत्रमा स्थापित हुनका लागि संघर्ष गरिरहेकी छिन् । उनले ‘समर्पण’ नामक फिल्मबाट रंगीन क्षेत्रमा डेव्यू गरेकी हुन् । यो फिल्म पौष १५ बाट देशव्यापी रिलिज हुँदैछ ।

यो फिल्ममा लभर गर्लको रुपमा देखिएकी उनै रुवि सँग गरेको रोमान्टिक कुराकानी जस्ताको त्यस्तै :

  • तपाईको बसाई कता छ ?
    धापाखेल
  • काठमाडौं बस्न थालेको कति भयो ?
    ११ वर्ष भइसक्यो ।
  • जन्मथलो चाहि कता प¥यो ?
    हेटौडा हो ।
  • पढाइ कहाँ पुग्यो ?
    प्लस टु ।
  • बाहिर हिड्दा कतिको मेक–अप गरिन्छ नी ?
    मेक–अप भन्दा नी ड्रेसमा चाही ध्यान दिन्छु ।
  • कस्तो ड्रेसअप गर्न रुचाउनु हुन्छ त ?
    अहिले त जाडो महिना छ । नत्र म वान पिस मै हिड्न रुचाउछु ।
  • वान पिसमा हिडिरहदा खेरी बाटोमा केटाहरुको नजर कतिको पर्ने गरेको छ ?
    प्राय जसो म गाडीमा डिड्छु । बाटोमा खासै एक्लै हिड्ने गर्दिन । त्यस्तो नजर लगाउने केटाहरु भेटेको छैन ।
  • ऐना हेर्ने बानी कतिको छ ?
    हा…हा….लेडिज्हरुले बढी जसो ऐना हेर्छन् रे भन्छन् । म पनि टिनएज कै परे । बिहान उठ्नसाथ म त ऐना हेरिराको हुन्छु ।
  • कति वर्षको हुनुभयो ?
    १८ वर्षको भए ।
  • ऐनामा हेर्दा कतिको सेक्सी छु जस्तो लाग्छ ?
    लाग्छ । म सेक्सी नै छु ।
  • मोबाइलमा ब्यालेन्स कतिको खर्च हुन्छ ?
    खर्चको त कुरै नगरौ । धेरै नै हुन्छ । फेसबुक चलाएर धेरै पैसा सकाको छु ।
  • फेसबुकमा चाहि के हेर्नुहुन्छ नी ?
    पहिलो त च्याटिङ नै हो । त्यसपछि ड्रेसहरु मेकअपका सामाग्रीहरु हेरिरहेको हुन्छु ।
  • फेसबुकमा प्रपोज कतिको आउछ ?
    आइराको हुन्छ तर म वास्तै गर्दिन ।
  • ब्वाइफ्रेन्ड छ कि छैन तपाईको ?
    के ढाँट्नु । छैन । तर खोज्दैछु ।
  • लभ नै अहिले सम्म परेको छैन कि परेर छुटेको ?
    स्कूल कलेजमा जिस्कने वाला लभ चाहि परेको छ तर ..लभ चाहि परेको छैन ।
  • कस्तो केटा मनपर्छ तपाईलाई ?
    अलि अलि पैसा पनि होस् । पैसा भएन भने त मलाई सम्हाल्न सक्नु हुन्न होला सायद । माया गरोस् । यस्तो खालको केटा मनपर्छ ।
  • प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ ?
    प्रेम भनेको सुन्दा खेरी नै राम्रो मिठो सुनिने शब्द हो । जून चाहि विश्वासको भरमा टिकेको हुन्छ ।
  • अनि सेक्स नी ?
    सेक्स भनेको यस्तो चिज हो जून बिना मानिसको अस्तित्व नै रहदैन । म्यारिड गर्नु भन्दा अगाडि सेक्स गर्नु हुन्न जस्तो लाग्छ ।
  • तपाईको केसमा चाहि यो कुरा कतिको लागू भएको छ त ?
    व्बाइफ्रेन्ड छैन भने त मैले । अनि त लागू भैहाल्छनी हैन र ?
  • एकदमै नजिकिएको केटा साथीले सेक्स प्रस्ताव राख्यो भने के उत्तर दिनुहुन्छ ?
    त्यो त प्रस्ताव गरेपछि नै थाहा हुन्छ ।
  • अश्लिल फिल्म कतिको हेर्नु भएको छ ?
    त्यही टाइपको त हेरेको छैन तर कुनै कुनै रोमान्टिक फिल्ममा त्यस्ता प्रकारको सिन हुन्छन् त्यो चाहि हेरेको छु ।
  • तपाई कतिको रोमान्टिक हुनुहुन्छ ?
    छु नी ।
  • पैसा र सेक्समा एउटा रोज्नुप¥यो भने..?
    म त सेक्स रोज्छु ।
  • किन नी ?
    यो बिना मान्छेको अस्तित्व नै रहदैन भने पैसा रोजेर भयो त ?
  • किसको अनुभव चाहि छ की छैन ?

फिल्म ‘समर्पण’मा चाहि छ ।

  • बिहे कहिले गर्ने ?
    यो फिल्डमा सबैले चिन्ने भएपछि गर्छु ।
  • सपनामा कहिले सेक्स गरेको देख्नुभएको छ ?
    देखेको छैन नी ।
प्रकाशित मितिः आइतवार, माघ २७, २०७५     1:50:25 PM  |