सुदूरपश्चिम र कर्णालीका ९७ हिमालमा सलामी दस्तुर छुट



बाँके ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ हिमालमा सलामी कर छुट दिने सरकारले निर्णय गरेको छ । बिहीबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै साउन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरे । सार्वजनिक निर्णयमा सुदूरपश्चिम र कर्णालीका ९७ हिमालमा लाग्ने सलामी कर पूर्णरूपमा छुट दिने र सोको सूचना राजपत्रमा प्रकाशन गरिने उल्लेख छ ।

निर्णयमा भनिएको छ – ‘आर्थिक वर्ष २०८२–८३ र आर्थिक वर्ष २०८३–८४ दुई आर्थिक वर्षका लागि पर्यटन ऐन २०३५ को दफा ३६ र पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को नियम ३२ को देहाय (ख) बमोजिम पूर्णरूपमा छुट दिने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।’

पर्यटन ए्ेन २०३५ को दफा ३६ मा – ‘नेपाली पर्वतारोही दल, विदेशी पर्वतारोही दलसँग सम्मिलित नेपाली पर्वतारोही दलका सदस्य वा देहायका हिमालचुली आरोहण गर्ने जुनसुकै पर्वतारोहीलाई सलामी दस्तुरमा आंशिक वा पूरै छुट दिन सक्ने छ ।’ पर्वतारोहणसम्बन्धी नियमावली ३२ को (ख) मा भनिएको छ – ‘कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा रहेका हिमालचुली ।’

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार