व्यक्तिगत खर्चमा सुरक्षाकर्मी र बृद्धबृद्धालाई सहयोग



कोहलपुर :

बाँकेको कोहलपुरमा एक युवाको समूहले लकडाउनमा जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मी र बृद्धबृद्धाहरुलाई सहयोग गरेको छ । कोहलपुरमा केही समय अघि देखि सामाजिक कार्य गर्दै आएका निश्चल विक्रम शाहको अगुवाईमा पाँज जनाको टोलीले उनीहरुलाई निःशुल्क रुपमा विभिन्न सामग्री प्रदान गरेको हो ।

बाँकेको बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका विभिन्न क्षेत्रमा जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मी र बाटोमा हिडिरहेका बटुवाहरुलाई प्रतिव्यक्ति मास्क, पानीको बोतल र चाउचाउ सहयोग गरिएको वितरण कार्यक्रमको अगुवाई गरेको निश्चल विक्रम शाहे बताए ।

उनका अनुसार बानियाबार,कौशिलानगर चौराहा, न्युरोड एनटिभि रोड, साझा, विद्युत रोड,देखि हाईस्कुल सम्मको दुरीमा खटिएका प्रहरी र बाटोमा यात्रा गरिरहेका ६० जना भन्दा बढीलाई सहयोग गरिएको जानकारी दिए । उनले ट्राफिक आर्मी नेपाल प्रहरी, र बृद्धबृद्धाहरुलाई सहयोग गरिएको बताए ।

मास्क २ सय वटा ६ पेटी पानीको बोतल, र तीन पेटी चाउचाउ वितरण गरिएको उनको भनाई छ ।‘व्यक्तिगत खर्चमा सुरक्षाकर्मीलाई केही सहयोग होस भनेर सहयोग गरेका छौ, बाटोमा मास्क बिना हिडिरहेकाहरुको सुरक्षाको लागि पनि प्रदान गरिएको हो । यो हामीले पाँच जनाले रुपैयाँ उठाएर सहयोग गरेका हौँ’मिसन टुडेसँगको कुराकानीमा उनले भने । शाह सँगै सौगातजंग शाही, सिजन श्रेष्ठ, धिरज ताम्राकार र दीपक थापाले यस्तो सहयोग प्रदान गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २८ गते शुक्रबार