17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

डाइनामिक स्कुलले मनायो १९औँ वार्षिकोत्सव (फोटो फिचर)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २०, २०८०  

कोहलपुर ।
डाइनामिक सेकेन्डरी स्कुलले १९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शनिबार लुम्बिनी प्रदेश सांसद दुर्गाप्रसाद चौधरीको प्रमुख अतिथ्यमा वार्षिर्कात्सव तथा अभिभावक दिवस मनाइएको हो ।सो अवसरमा बोल्दै सांसद चौधरीले शिक्षाको गुणस्तर कायम गर्न अब विद्यालयहरूले विशेष योजना अघि सार्नुपर्ने बताए ।

उनले डाइनामिक सेकेन्डरी स्कुलले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको बताए । संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्न सांसद चौधरीले आग्रह गरे । प्रमुख अथितिसमेत रहेका चौधरीले समय सुहाउँदो शिक्षामा विद्यालयले जोड्न दिनुपर्नेमा जोड दिए । विद्यार्थीहरूको भविष्य बनाउने वा बिगार्ने कुरामा अभिभावकको महत्वपूर्ण हात हुने भएकाले गम्भीरतापूर्वक ध्यान दिन सुझाव दिए ।

डाइनामिक सेकेन्डरी स्कुलले शिक्षाको गुणस्तर कायम गर्न विशेष ध्यान दिने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरप्रसाद पोखरेलले बताए । उनले विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान विद्यालय प्रशासन अहोरात्र खट्ने गरेको दाबी गरे । विद्यालय विभिन्न बाधाअवरोध पार गर्दै १९औँ वर्षसम्म आइपुगेको बताउँदै सहयोगी सबैप्रति आभार प्रकट गरे ।

विद्यालयले समय सुहाउँदो प्रविधिको प्रयोग गर्दै अघि बढेको उनको भनाइ थियो । विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याबलगायतको प्रयोगबाट विद्यालयमा पठनपाठन हुने गरेको उनले जानकारी दिए । आगामी दिनमा थप व्यवस्थापनका साथ अघि बढ्ने बताए ।डाइनमिक स्कुल कोहलपुर क्षेत्रको नमुना विद्यालय भएको प्याब्सन बाँकेका अध्यक्ष यम रावतले बताए ।

कोहलपुरलाई शैक्षिक हब बनाउन संस्थागत विद्यालयसँग सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो । अब विद्यालयहरूले परम्परागत रूपमा नभई समय सुहाउँदो शिक्षामा जोड दिनु आवश्यक रहेको उनले बताए । डाइनमिक सेकेन्डरी स्कुलले समय सुहाउँदो शिक्षा प्रदान गर्दै आएको विद्यालयका प्रधानाध्यापक रबिन्द्र रेग्मीले जानकारी दिए ।

डाइनामिक कोहलपुरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको उनको भनाइ थियो । सो अवसरमा विद्यार्थीहरूले विभिन्न प्रदर्शनी गरेका थिए । सो अवसरमा विभिन्न विधाका विजेता विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । साथै विद्यार्थीहरूले विविध संस्कृति झल्काउने नृत्यसमेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मितिः आइतवार, फाल्गुन २०, २०८०     4:27:19 PM  |