17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

नेपालगन्जबाट मुगु जाँदै गरेको बस दुर्घटनाः १६ यात्रुको मृत्यु, उद्धार जारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८  

जिल्लाको छाँयानाथ रारा गाउँपालिका ७ बिनागाउँमा बस दुर्घटना हुँदा कम्तिमा १६ जनाको घटनास्थलमै मृत्यु भएको छ।

अन्य १८ जना घाइते भएका छन्। घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ। अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ।

नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो। अहिले घाइतेहरुको उद्दारकार्य जारी छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी चित्रबहादुर भट्टराईले  जानकारी दिए।

प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८     2:26:06 PM  |