कोहलपुर २६, बाँकेको बैजनाथ गाउँपालिका एक चिसापानीमा शुक्रबार बालविवाह विरुद्व विभिन्न कार्यक्रम गरिएको छ । स्याक नेपालको सहयोग, सूर्योदय माध्यमिक विद्यालयको समन्वय र एकता किशोरी क्लबको आयोजनामा विभिन्न कार्यक्रम गरिएका
हुन् ।

बालविवाह न्यूनिकरणका लागि चिसापानीमा विद्यार्थीहरुले ¥याली निकालेका थिए । सूर्योदय माध्यमिक विद्यालयबाट सुरु भएको ¥याली चिसापानी बजारको परिक्रमा गरेर पुन विद्यालय परिसरमा नै आएर समापन भएको थियो । विद्यालयकी सहायक प्रधानाध्यापक सुमित्रा न्यौपानेका अनुसार शुक्रबार नै बालविवाह न्यूनिकरण सम्बन्धि वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
बालविवाह रोकथाममा बालबालिकाको भुमिका बिषयमा विद्यार्थीहरु वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको उनले जानकारी दिइन् । वक्तित्वकला प्रतियोगितामा माध्यामिक तहका २२ र आधारभुत तहका १३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्याक नेपालका अधिकृत विनिता आरसी, विद्यार्थी, शिक्षक, अभिभावक लगायतको उपस्थिती रहेको थियो । एकता किशोरी क्लबका उपाध्यक्ष शारदा रावतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन तुलसी शर्माले गरेकी थिइन् ।









प्रतिक्रिया दिनुहोस्