सडक दुर्घटनासम्बन्धी सचेतना



बढैयाताल/ बर्दियाको बढैयाताल गाउँपालिकामा सबै वडाहरुमा सडक दुर्घटना सम्वन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । इलाका प्रहरी कार्यालय मैनापोखर र आस्थाई ट्राफिक प्रहरी पोष्टको आयोजना गत बिहीबार सञ्चालन गरिएको सो कार्यक्रम बढैयाताल गाँउपालिकाको ९ वटै वडामा र बजारको मुख्य चोक चोकमा गरिएको हो ।
उक्त सचेतनामूलक कार्यक्रममा मादक पदार्थ सेवन गरेर कुनै पनि सवारी साधन नचालाऔँ, मोटरसाईकमा ३ जना सवार नगरौँ साथै हेलमेटको प्रयोग गरौँ, सवारी साधन चलाउदा सुरक्षा बेल्ट प्रयोग गरौँ, तिव्र गतिमा सवारी साधन नचालाऔँ, क्षमता भन्दा बढी यात्रु राखेर सवारी साधान नचालाऔँ, सवारी चलाउँदा साधै कागजपत्र साथमा राखेर मात्र चलाऔँ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौँ जस्ता कस्ता कुराहरुमा सवारी चालक, बजार बासी र सर्वसाधारणहरुलाई पाँचदिनसम्म सचेतना मुलक जानकारी गराइको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए ।

साथै कार्यक्रममा लागु औषध, बाल यौन दुब्यवहार, बालबिवाह, साइवर क्राइम र ट्राफिक चेतना सम्बन्धी एक बिद्यालयमा एक कार्यक्रमको नीति लिएर विद्यालय सम्र्पक कार्यक्रम सोमदेखि शुरु गरेको मैनापोखरका प्रहरी निरीक्षक वलीले बताए । त्यसैगरी चिसो हुस्सुको समयमा साइकल चलाउँदा साईकलमा कुनै पनि लाईट नहुँदा दुघटना हुन सक्ने भएकोले बढैयाताल गाँउपालिकाको सबै विद्यालयका विद्यार्थीहरुको साइकलमा रिफ्लेक्टीङ स्टिकर टाँस्ने कार्यक्रम
पनि शुरु भएको छ ।

साथै पुस मसान्ता सम्म बढैयाताल गाँउपालिका भित्रका सबै साइकलमा रिफ्लेक्टिङ स्टिकर टाँस्ने इलाका प्रहरी कार्यालय मैनापोखर र अस्थाई ट्राफिक प्रहरी पोष्ट मैनापोखरको अभियान रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ पुस १० गते मंगलबार