बाँकेको बैजनाथ गाउँपालिका– ६ स्थित न्यु हरियाली सामुदायिक वन उपभोक्ता समुहले वनलाई पर्यटकिय क्षेत्रको रुपमा चिनाउन पर्यटन पर्वद्धन गर्न सुरु गरेको छ । पर्यटकिय क्षेत्रको रुपमा चिनाउनका लागी समुहले पछिल्लो समयमा विभिन्न संरचनाहरु निमार्ण कार्यलाई अघि बढाएको समुहका अध्यक्ष नन्द विश्वकर्माले बताए । पहिलो चरणमा समुहले स्मृति पार्क निमार्ण कार्यलाई तिव्रता दिएको छ । जिल्ला वन कार्यालय बाँकेको ५ लाख तथा समुहको ५ लाख गरी १० लाखको लागतमा करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको सो पार्कमा चारवटा वाटिका स्थल, २ वटा डबली , १ वटा पैडीपोखरी ,१ वटा पिकनिक स्र्पोट र १ वटा दुबीचौर निमार्णमा गरिएको समुहका अध्यक्ष विश्कर्माको भनाई छ ।
स्मृति पार्कमा रक्तचन्दन,सुपारी,रुद्राक्ष,पारिजात,रबर प्लान्ट छत्तिवन नरिवल लगायतका दुर्लभ तथा बहुमूल्य जडिबुटीहरु समेत वृक्षारोपण गरिएको छ । त्यस्तै पार्क क्षेत्रमा ४÷४ मिटरको बाटो सहितको पार्किङ क्षेत्र समेत निर्माण गरिएको छ । त्यस्तै उपभोक्ता समुहले पर्यपर्याटन विकासका निम्ति वनक्षेत्रमा पुष्प वाटिका निमार्ण गरिने कार्यलाई समेत सुरुवात गरेको छ । करिब ३.८० हेक्टर क्षेत्रफलमा वाटिकाको निमार्ण कार्यसुरु भएको छ । भ्युटावर सहितको वाटिका निमार्ण कार्य अघि बढाइएको समुहले जनाएको छ । करिब १ करोडको लागतमा निमार्ण गरिन लागेको ७ तले भ्युटावरको जगको काम सकिएको छ ।
बैजनाथ गाउँपालिकाको गत आर्थिक वर्षको ८ लाख १० हजार र समुहको २ लाख ५० हजार गरी १० लाख ६० हजारको लागतमा भ्युटावरको जग निमार्ण गरिएको बताइएको छ । क्रमागत निमार्णको प्रक्रियामा रहेको टावरको थप निमार्ण गर्नकालागि गाउँपालिका बाट यस आर्थिक वर्षमा २५ लाख विनियोजन गरिएको जानकारी आएको अध्यक्ष विश्ककर्माको भनाई छ । समुहले सामुदायिक वन क्षेत्रमा रहेका शिव मन्दिर र दुर्गा मन्दिरलाई समेत पर्यापर्यटनका रुपमा अघि बढाउने योजना सारेको छ । हरेका वर्ष हरिबोधनी एकादशी तथा शिवरात्रीमा लाग्ने मेलामा आन्तरिक पर्यटकहरुलाई सो क्षेत्रमा भित्र्याउने समुहले योजना बनाएको छ ।
चारैतिर हरियाली जंगल एकान्त वातावरण मनोरम दृश्य रहेको सो क्षेत्रमा आन्तरिक पर्यटकहरुको रोजाइमा पर्ने गर्ने गरेको छ । पर्यटकहरुको गन्तव्य बनाउनका निम्ति न्यु हरियाली सामुदायिक वनलाई पयर्टकिय क्षेत्रको रुपमा विकास गरिने अध्यक्ष विश्वकर्माको भनाई छ । बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले सो क्षेत्रमा निमार्ण भईरहेको भ्युटावरका लागी यस आर्थिक वर्षमा २५ लाख विनियोजन गरिएको बताईन त्यस्तै वडा न.६ का वडाध्यक्ष भद्र बहादुर बस्नेतले सो स्मृति पार्क क्षेत्र तारबार गर्नका लागि वडा बाट ५ लाख ५१ हजार विनियोजन गरिएको बताए ।









प्रतिक्रिया दिनुहोस्