कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिका–११ फुलबारीनगरस्थित एभरेष्ट माध्यमिक विद्यालयले विद्यार्थीहरुको प्रतिभा पहिचान गर्ने उद्देश्यले ‘सुपर डान्स तथा भ्वाइस अफ एभरेष्ट’ सञ्चालन गरेको छ ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगिता चार चरणमा सञ्चालन गरिने विद्यालयले जनाएको छ । पहिलो चरणअन्तर्गत शुक्रबार सुपर डान्स मा ४२ प्रतिस्पर्धीले सहभागिता जनाएका थिए भने भ्वाइस अफ एभरेष्ट मा आठ प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।
उनीहरुमध्ये डान्समा २२ र भ्वाइसमा ३ दोस्रो चरणका लागि छनौट भएको प्रतियोगिताका निर्णायक कमल विके निर्मोहीले जानकारी दिए । दुवै विधामा छनौट भएका प्रतिस्पर्धीहरुले दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरुको चौतर्फी विकासका लागि विद्यालयले हरेका वर्ष विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै प्रिन्सिपल सुरत बहादुर केसीले बताए ।
यस्ता अतिरिक्त क्रियाकलापहरुलाई आउँदा वर्षहरुमा पनि निरन्तरता दिइने प्रिन्सिपल केसीको भनाइ थियो । यस्तै विद्यायलका संस्थापक महेन्द्र शर्माले पढाइका अलावा यस्ता प्रतियोगिता तथा क्रियाकलापहरुबाट पनि विद्यार्थीहरुले आफ्नो छुट्टै पहिचान बनाउन सक्ने बताए ।
साथै सानै कक्षाहरुबाट विद्यार्थीहरुको प्रतिभा पहिचान गर्न र सोही रुची र क्षमताअनुसार उनीहरुलाई अग्रसर बनाउन प्रतियोगिता आयोजना गरेको उनको भनाइ थियो । शुक्रबारदेखि सुरु भएको प्रतियोगिता चार चरणमा गएर समापन हुनेछ ।
पहिलो चरणमा छनौट भएका डान्सतर्फका २२ र भ्वाइसतर्फका ३ जनाले दोस्रे चरणमा प्रतिस्पर्धा गर्नेछन् । दोस्रो चरणको अडियन्स राउण्ड माघ २२ गते, तेस्रो चरणको जर्ज राउण्ड फाल्गुन पहिलो हप्ता र चौथो तथा फाइनल भोटिङ्ग राउण्न फाल्गुन २५ गते हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएका छन् । 









प्रतिक्रिया दिनुहोस्