मधुर पौडेल । बर्दिया ।
बर्दियाको बाँसगढीमा भुतपुर्व विद्यार्थी समाज गठन गरिएको छ । शनिवार बाँसगढी ५ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा भएको भेलाले भुतपुर्व विद्यार्थी समाज गठन गरेको हो । प्रेम चौलागाईको अध्यक्षतामा १७ सदस्सीय तदर्थ समिति गठन गरिएको थियो । जसको उपाध्यक्षमा बिनु पौडेल, सचिवमा शंकर विके, सह–सचिव एकनारायण अधिकारी र कोषाध्यक्षमा सन्तोष बाँस्तोला चयन भएका थिए ।
त्यसैगरी सदस्यहरुमा निर्मला सुवेदी, मोहनजंङ पौडेल, सुभास पराजुली, अश्विन पौडेल ‘झिल्को’, हरिमाया पौडेल, दिनेश प्रसाद चौधरी, सागर अधिकारी, दान बहादुर बुढा, सन्जु कुमार ओली, बिमल सुवेदी, अस्मिता पौडेल र हरिकला पौडेल अधिकारी रहेका
छन् ।
पुर्व विद्यार्थीहरुको भावनात्मक एकता कायम गर्न, विद्यालयको शैक्षिक प्रशासनिक कार्यमा भूमिका खेल्न, विकास समृद्धि रुपान्तरण र जागरणको पक्षमा काम गर्नको लागि पुर्व विद्यार्थीहरु संगठित भएको तदर्थ समितिका अध्यक्ष चौलागाईले जानकारी दिए । समाजलाई राजनैतिक हस्तक्षेप भन्दा टाढा राखेर अगाडि बढाउनुपर्नेमा भेला सहभागी पुर्व विद्यार्थीहरुले बताएका थिए । सामाजिक कार्यमा समेत क्रियाशिल हुने नव गठित भुतपुर्व विद्यार्थी समाजले जनाएको छ ।