कोहलपुर ।
बाँकेमा रहेका सहकारीहरुले ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा पालिका स्तरीय भेला सम्पन्न गरेका छन् । बाँकेमा रहेका ४ सय ० वटा सहकारीहरुले ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा पालिका स्तरीय भेला सम्पन्न गरेका हुन् । सहकारी दिवसको अवसरमा कार्यसमितिका पदाअधिकारी, लेखा समिति, शेयर सदस्य लगायत उपस्थितिमा सबैले एकआपसमा सहकारी दिवसको शुभकामना समेत आदानप्रदान गरेका थिए ।
प्रदेश सहकारी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम प्रसाद सुबेदीले कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा बोल्दै सुवेदीले सहकारीले देशको अर्थतन्त्रलाई ठुलो योगदान दिएको बताए । सहकारी देशको कुना कुनामा पुगेको छ । सहकारीको माध्यमबाट गरिबीको रेखामुनीबाट उकास्ने काम भइरहेको छ । सहकारी शसक्तिकरणको माध्यम पनि हो ।’उनले भने ।
उनका अनुसार सहकारी मार्फत उद्योगसम्म सञ्चालन गर्नका लागि योजना बनाउनुपर्छ । कतिपय सहकारीहरुले विभिन्न उद्योगहरु सञ्चालन गरिरहेको भएपनि बजारीकरणमा समस्या आएको र त्यसको समाधान पनि अब छिटै खोज्ने उनको भनाइ थियो ।
यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापाले नेपालको राजनीतिक र सहकारीहरुमा पनि दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु बताए । उनका अनुसार अहिले देशको नेतृत्वमा बसेका नेताहरुले देशको हालत यस्तो भएको छ ।सहकारीमा पनि यस्तो हालत नहोला भन्न सकिदैन त्यसकारणले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष अविरल खड्काले स्थानीय पालिकाहरुले सहकारीहरुसँग समन्वय गरी कृषि क्षेत्रका ठुला ठुला योजना बनाउनुपर्नेमा जोड दिए । उनका अुनसार अहिले हरेक घरमा सहकारी पुगेको छ । सोही सहकारीमार्फत जिवन परिवर्तन भएका छन् । बाँकेका स्थानीय पालिकाहरुले पनि सहकारीहरुसंग समन्वय गरी कार्यक्रमहरु सञ्चालन गर्न उनले अनुरोध गरेका थिए ।
यस्तै नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्णप्रसाद आचार्यका अनुसार सहकारी नीति नेपाली काँग्रेसको सरकार भएको बेला आएको बताए । उनका अनुसार नेपालमा सर्वप्रथम नेपाली काँग्रेसले सहकारीको ऐन पारित गरी कार्यविधि बनाएको थियो । अहिले सोही सहकारी देशको मुख्य अर्थतन्त्रको रुपमा स्थापित भएको छ र अबको देशको नेतृत्व पनि सहकारीहरुबाट नै आउनुपर्नेमा उनले जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्