कोहलपुर/ प्रदेश नं ५ की भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेलले सहकारीहरुलाई प्राथमिकतामा राखेर काम गर्ने अठोट लिएको बताएकी छिन् । शुक्रबार बाँकेको राप्तीसोनारी–८ स्थित साना किसान कृषि सहकारी संस्था लि.कोे २१ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएकी हुन् ।
कार्यक्रममा बौल्दै मन्त्री पौडेलले प्रदेश नं.५ को सरकारले सहकारीलाई पहिलो प्राथमिकता दिएकोले कृषिमा टेकेर आर्थिक समृद्वि हासिल गर्नका लागि सहिकारीलाई बलियो माध्यम बनाएर अगाडि बढ्ने अठोट लिइएको बताइन् ।
साथै उनले सहकारीमा धेरै समस्या भोगिरहेको रिपोटिङ्ग प्रणालीलाई पारदर्शी बनाउनका लागि बाँकेमा सहकारी प्रशिक्षण स्थापना गरिएको अब सहकारी सेवा लिनका लागि बुटवल नगएर बाँकेबाटै सहकारी सेवा लिन सकिने बताएकी छिन् । साथै मन्त्री पौडेलले बाँकेको फत्तेपुरमा स्मार्ट कृषि गाउँ बनाइने समेत बताइन् । त्यस्तै मन्त्री पौडेलले सहकारीको नवनिर्माण भवनको उद्घाटन गरेकी छिन् ।
कार्यक्रममा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्र्रस्तुत गर्दै साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष देव बहादुर ओलीले समाजमा रहेका गरिब, पछाडी परेका वर्ग, सामुदाय र महिलाहरुलाई समूहमा आवद्व गराई सामूहिक निर्णयको आधारमा समूहको माध्यमबाट शेयर सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक तथा सामुदायिक उन्नती गर्ने कार्यक्रमहरु सञ्चालन गरी शेयर सदस्यहरुको जीवन स्तरमा व्यापक सुधार गर्नका लागि सहकारीले साँझा संकल्प लिएको बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी वोर्डका केन्द्रिय सदस्य देब बहादुर केसीले देशको आर्थिक विकासमा सहकारीले महत्वपूर्ण योगदान पु¥याएको बताउँदै सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई आर्थिक रुपमा सम्पन्न बनाउनका लागि सहकारीले विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारी नीति, विधि र प्रविधिमा चल्नुपर्ने भन्दै सहकारीका शेयर सदस्यहरु सहकारीमैत्री भएर उत्पादनमा जोडिनु पर्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै साना किसान कृषि सहकारी संस्था बाँकेकी अध्यक्ष एकता शाहले दिदी बहिनीहरुले सहकारीबाट लिएको ऋण सही सदुपयोग गर्नुपर्ने बताउँदै महिलाहरु पनि नेतृत्व तहमा पुग्नु पर्ने बताइन् ।
साधारण सभामा उत्कृष्ट संचालक समितिका सदस्यहरु देव बहादुर वली , कर्ण बहादुर खड्का हरिमाया वली लाई सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट गाईपालक किसान ओम कुमारी वली, बाख्रापालक बुदी खत्री ,कुखुरा पालक झम्पा गौतम, बगुर पालक सुन्तली केसी तरकारी खेतीतर्फ वेद प्रसाद के.सी र केरा खेतीतर्फ नन्दकली खड्का सम्मानित भएका थिए ।
त्यस्तै व्यवसायिक समूहतर्फ जडिबुटी र भैसी पालनतर्फ रमा विष्ट, तरकारी र भैसी पालनतर्फ तिला वली र तरकारी खेतीतर्फ पदमी वली, लक्ष्मी पुन, तारा खत्री र दिल कुमारी वली सम्मानित भएका थिए । त्यस्तै जेष्ठनागरिकहरुमा धन बहादुर खत्री, मोहविर खत्री, फत्ते बहादुर डाँगी, पहलमान खनाल, देवराम खड्का र गंगादेवी खड्का सम्मानित भएका छन् ।
त्यस्तै संस्थाको शेयर पूँजी २ करोड ३१ लाख, जगेडा कोष २ करोड ८१ लाख, बचत मौज्दात १५ करोड १५, जोमिख कोष ३० लाख, नाफा १ करोड १३ लाख, आम्दानी १ करोड १९ लाख रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष देब बहादुर ओलिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि लगायत शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्