29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

चालकविरुद्ध मुलुकी अपराध सहिंता बमोजिम मुद्धा

रावन विश्वकर्मा
प्रकाशित मितिः मङ्लबार, मंसिर १८, २०७५  

बाँसगढी/ इलाका प्रहरी कार्यालय बाँसगढीले अटेर गरी सवारी चलाउने चालकलाई नयाँ मुलुकी अपराध सहिंता २०७४ बमोजिम मुद्धा दर्ता गरेको छ । भे १ क १२२३ नम्बरको टिपरका चालक बैजनाथ–२ बाँकेका पदम बहादुर बुढालाई आवश्यक कारबाहीको लागि मुद्धा दर्ता गरिएको हो ।

मंसिर ११ गते पुर्वपश्चिम महेन्द्र राजमार्गमा मादक पदार्थ सेवन गरी तिव्र गतिमा अनियन्त्रित तरिकाले टिपर चलाउँदै गरेको अस्थामा प्रहरीले रोक्न खोज्दा नरोकी झनै तिव्र गतिमा सवारी चलाएको आरोपमा बुढालाई मुलुकी अपराध सहिंता २०७४ बमोजिम मुद्धा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी सहायक निरीक्षक झक्कु पौडेलले जानकारी दिए ।

उनलाई मुलकी अपराध सहिंता २०७४ बमोजिम १ वर्ष कैद वा १० हजार जरिवाना वा दुबै सजाय हुने कानुनी प्रावधान गरेको जनाइएको छ । कोही सकैले मापसे सेवन, तिव्र गति र अनियन्त्रित रुपमा सवारी साधन नचलाउन र प्रहरीको चेकिङ्गमा सहजता देखाई प्रहरीलाई सहयोग गर्न इलाका प्रहरी कार्यालय बाँसगढीले सबैमा आग्रह गरेको छ ।

पुर्ण रुपमा ट्राफिक नियम पालना गरी दुघर्टना हुनबाट बच्न र बचाउन समेत सबैमा आग्रह गरिएको छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १८, २०७५     8:42:18 AM  |