सकियो कविता प्रतियोगिता



कोहलपुर ।

कोहलपुरमा रहेको नमूना विद्या सदनका विद्यार्थी सचन घर्तिमगर प्रथम भएका छन् । शनिबार ‘लागूपदार्थ दुव्र्यसनबाट बचौं’ भन्ने मुल शिर्षकमा कविता प्रतियोगिता भएको थियो ।

कविता प्रतियोगितामा कोहलपुर नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालय गरी ३५ वटा विद्यालयहरु सहभागि थिए । जसमध्ये ज्ञानज्योति माध्यमिक विद्यालय बगियाका छात्रा पुनम बुढा द्धितीय, ललिला ढकाल र कृष्ण बहादुर खत्री तृतीय भएको बताइएको छ ।

यस्तै सान्त्वना हुनेमा तिलक राज उपाध्याय र दान बहादुर बुढा रहेका छन् । समाज सेवा संस्था केन्द्रिय कार्यालयको आयोजनामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, नगर शिक्षा प्रमुख अनन्त कुमार पौड्याल लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ चैत २८ गते शनिबार