बर्दिया/ बर्दियाको बाँसगढीस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लक्ष्मणपुरमा बाल संरक्षण नीति र विद्यार्थीको आचार संहिता सम्बन्धी गोष्ठी सम्पन्न भएको छ ।
राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाको सहयोगमा सोमबार विद्यालयमा गोष्ठी आयोजना गरिएको थियोे । गोष्ठीमा बाल संरक्षण र आचार संहिता सम्बन्धी व्यापक छलफल र समुहमा छलफल गरी नीति तथा आचार संहिता निर्माण गरिएको छ ।
विद्यालयमा बाल संरक्षणका लागि विद्यालय, अभिभावकहरुले खेल्ने भुमिका, उपयूक्त वातारण सृजना, गुणस्तरिय शिक्षा, बालबालिकाको हक अधिकार स्थापित कसरी गर्न सकिन्छ भन्ने विषयमा गोष्ठीमा छलफल गरिएको थियो ।
गोष्ठीको सहजीकरण बाँसगढी नगरपालिका शिक्षा युवा तथा खेलखुद शाखाका स्रोत व्यक्ति भेषराज गैरेले गरेका थिए । राधाकृष्ण थारु जनसेवा केन्द्रको महिला परिचालिका ममता माझिको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा र सहज वातावरणमा अध्ययन गर्नका लागि योगदान दिने र प्रत्येक्ष रुपमा बिद्यालयलाई फाईदा हुने कुरा विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद तिवारीले बताए ।
राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाले गोष्ठीबाट निर्माण गरिएका नीति तथा आचार संहिताहरु वोर्डमा लेख्न लगाई विद्यालयमा टाँस गरी सार्वजनिक गरिने छ । गोष्ठीमा विद्यालयका संस्थापक, विद्यालय व्यवस्थापक समिति, शिक्षक अभिभावक संघ, सल्लाहार, शिक्षक र विद्यार्थी गरी ३४ जनाको सहभागिता रहेको थियो ।