29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

कृषक समन्वय समिति बाँसगढीको संयोजकमा चन्द

रावन विश्वकर्मा
प्रकाशित मितिः बुधबार, मंसिर ५, २०७५  

बाँसगढी, बर्दिया/  कृषि शाखा बाँसगढीको प्रथम चौमासिक समिक्षा गोष्ठी मंगलबार सम्पन्न भएको छ । गोष्ठिमा आर्थिक बर्ष २०७४÷०७५ मा भएको कामको प्रगति, चालु आर्थिक बर्ष २०७५/०७६ मा सञ्चालन हुने कार्यक्रम र बजेट सहितको प्रतिवेदन कृषि शाखा बाँसगढीका प्रमुख भिमलाल चौधरीले प्रस्तुत गरेका थिए ।

जसमा चालु आर्थिक बर्षको लागि ससर्त अनुदान र स्थानिय तहले विनियोजित गरेको बजेट गरि जम्मा ८२ लाख ६२ हजार बराबरको आर्थिक आय व्याय प्रस्तुत गरिएको थियो । कृषि शाखा बाँसगढीले चालु आर्थिक वर्ष २०७५/०७६ मा कृषी प्रसार कार्यक्रम, बाली विकास, सिचाई, माटो सुधार, तरकारी तथा मसला बाली विकास लगाएतका कार्यक्रम सञ्चालन गरिने जनाईएको छ ।

आर्थिक विकास समिति संयोजक तथा वडा न २ का अध्यक्ष घमण्ड चन्दको अध्यक्षतामा भएको कार्यक्रमा बाँसगढी नगरपालिकाका कार्यकारी अधिकृत अम्मर राज खत्री, वडा न ५ का वडा अध्यक्ष नरेन्द्र गिरि, कृषी शाखाका कर्मचारी र अगुवा कृषकहरुको उपस्थिति रहको थियो । त्यस्तै मंगलबार बाँसगढी नगर स्तरिय कृषक समन्वय समिति पनि गठन भएको छ ।

आर्थिक विकास समितिका संयोजक तथा वडा न २ का अध्यक्ष घमण्ड चन्दको संयोजकत्वमा ८२ सदस्य कृषक समन्वय समिति गठन गरिएको छ । बाँसगढी नगर क्षेत्रमा रहेका कृषक र कृषि शाखा कार्यालय बाँसगढीले प्रदान गर्ने कार्यक्रम विच समन्वय गर्ने उदेश्यले समन्वय समिति गठन गरिएको हो । बाँसगढी नगर क्षेत्र भित्रका कृषक समुहका प्रतिनिधी सदस्य रहने गरि ८२ सदस्य कृषक समन्वय समिति गठन गरिएको कृषि शाखा बाँसगढीका प्रमुख भिमलाल चौधरीले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, मंसिर ५, २०७५     8:21:03 AM  |