बर्दिया/ बर्दियाको बढैयाताल गाँउपालिकामा पोषण तथा खाद्य सुरक्षा कार्यक्रमको लागि रु १९ लाख ९९ हजार बजेट छुट्याइएको छ ।
गाँउपालिकाको पोषण तथा खाद्य सुरक्षा सम्बन्धी पहिलो चरणको योजना बैठकमा पोषण तथा खाद्य सुरक्षा कार्यक्रमका सम्पर्क व्यक्ति रमेश पौडेलले झण्डै २० लाख बराबरको बटेज सहितका कार्यक्रमहरुको योजना प्रस्तुत गरेका थिए ।
योजना बैठकमा पोषण तथा खाद्य सुरक्षा कार्यक्रम सञ्चालनका लागि गाँउपालिकाका सबै वडामा समुह गठन गर्र्ने, नेपाल सरकारबाट सुत्केरी महिलाले पाउँदै आएको अन्य भत्ता बाहेक गाँउपालिकाले थप प्रोत्सानको लागि ५ सय रुपैयाँ सुत्केरी पोत्सान भत्ता माघ महिनादेखि दिइने योजना समेत बैठकमा प्रस्तुत गरिएको थियो ।
त्यस्तै गाँउपालिकामा रहेका गर्भवती महिलाहरुका लागि दुई दिने तालिम तिहार र छठ पर्वपछि सञ्चालन गरिने निर्णय गरिएको छ ।
पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति संयोजक तथा बढैयाताल गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष दिपाकुमारी गौतम, बढैयाताल स्वास्थ्य शाखा प्रमुख बिष्णु पौडेल, सबै वडाका वडा अध्यक्षहरु, कार्यापालिका सदस्य, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्