3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

वैैकल्पिक पार्टीको औचित्य र आवश्यकताबारे प्रशिक्षण

रावन विश्वकर्मा
प्रकाशित मितिः सोमवार, कार्तिक १२, २०७५  

बाँसगढी/   वर्तमान राजनैतिक अवस्था र वैकल्पिक राजनैतिक पार्टीको औचित्य र आवश्यकताका बारेमा बर्दियाको बाँसगढीमा प्रशिक्षण दिइएको छ ।

नयाँ शक्ति नेपाल जिल्ला समन्वय समिति बर्दियाको आयोजनामा नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय नेताहरुले पार्टी कार्यकर्ता र वैकल्पिक विचार भएका युवाहरुलाई समसामयिक राजनितिक अवस्था, वैकल्पिक पार्टी र नयाँ शक्तिको विचार दर्शनका बारेमा प्रशिक्षण दिएका थिए ।

२१ औँ शताब्दीको प्रविधिको विकास सँगसँगै समाज र राष्ट्रलाई विकास गर्ने नयाँ शक्ति पार्टी वैकल्पिक पाटीको रुपमा उदय भएकाले समाजवाद, आर्दशवाद, भौतिकवाद र लोकतान्त्रिक जनसहभागिताको लागि पनि नयाँ शक्ति अहिलेको वैकल्पिक शक्तिको रुपमा रहेकोमा जोड दिएका छन् ।

कार्यक्रममा समसामयिक परिस्थिति र पार्टीको बिचार दर्शनको बारेमा प्रशिक्षण दिँदै पार्टीका केन्द्रिय प्रवक्ता तथा प्रशिक्षण विभाग प्रमुख डम्बर खतिवडाले जमेर बसेको समाजले प्रगति गर्न नसक्ने भन्दै युग र समयको गतिलाई बुझ्नु पर्नेमा जोड दिए ।

त्यस्तै केन्द्रिय सदस्यहरु कमल खनाल, यज्ञ पोख्रेल, हरि रिजाल, छन्द पन्थी, केन्द्रिय सदस्य तथा ५ नं. प्रदेश प्रशिक्षक विभाग प्रमुख मनिकर कार्की, प्रदेश प्रशिक्षक बोम दर्लामी मगर र सनिता काफ्लेले पार्टीको संगठनिक स्वरुप, विकास समृद्धि र सुशासनको मार्गचित्र, नेतृत्व विकास र व्यवस्थापन, संघिय कार्यान्वयनको सवाल, समावेशिता र इन्द्रेणी राष्ट्रवाद, लैगिंक समानता लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

जिल्ला इन्चार्ज केशवराज पौडेलको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा वैकल्पिक विचार बोकेका युवा लगायतको सहभागिता रहेको थियो ।

जिल्ला संयोजक मोहन चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा शक्तिका प्रदेश संयोजक बिपिन पौडेलले गरेका थिए ।

प्रकाशित मितिः सोमवार, कार्तिक १२, २०७५     8:22:54 PM  |