18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

आगलागी हुँदा लाखौंको सामान जलेर नष्ट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक ३, २०७५  

नेपालगञ्ज / नेपालगंजमा शुक्रवार बिहान आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । बाँके जिल्ला हुलाक कार्यालय नजिकै रहेको तारा किराना तथा नास्ता पसलमा बिहान १० बजे आगलागी हुँदा करीब पाँच लाख बराबरको सामान जलेर नष्ट भएको हो ।

सल्यान घर भई नेपालगञ्ज माइत बस्दै आएकी पसलकी सञ्चालिका अंकिता योगीले छिमेकीको पसलमा विद्युत सर्ट भई आगो लागेको बताइन् । पहाड घर भएका छिमेकीले आफ्नो पसल बन्द गरी दशैं मनाउन घर गएपनि बिद्युत लाइन बन्द नगरेकोले सर्ट भएको उनको दाबी छ ।
छिमेकमै रहेको बारिस होटल एण्ड लजका सञ्चालकले बिजुली ननिभएर गएकोले सर्ट भएर आफ्नो पसलमा आगलागी हुँदा र्याक, फर्निचर, किरानाको सबै सामान जलेर नष्ट भएको योगीको आरोप छ । सदरलाईन

प्रकाशित मितिः शनिबार, कार्तिक ३, २०७५     11:01:33 AM  |