8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

प्रथम लक्ष्मणपुर जिल्ला स्तरिय फुटवल प्रतियोगिता सुरु

रावन विश्वकर्मा
प्रकाशित मितिः सोमवार, अशोज १५, २०७५  

बर्दिया/    प्रथम लक्ष्मणपुर जिल्ला स्तरिय फुटवल प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको बाँसगढी नगरपालिका प्रमुख शालिकराम अधिकारीले उद्घाटन गर्दै हुनुहुन्छ ।

बेलटारी युवा क्लव लक्ष्मणपुर बाँसगढीको आयोजनामा सुरु भएको प्रतियोगिता आजदेखि २४ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । खेलकुद प्रतियोगितामा बर्दिया बिभिन्न स्थानीय तहबाट ३८ वटा टिमले सहभागिता जनाउने मुल सम्पादन समितिका संयोजक खिम बहादुर खड्का पत्रकार सम्मेलमा जानकारी दिए ।

खेल सञ्चालन गर्नका लागि फिल्ड व्यवस्थापन, प्रचार प्रसाद, मञ्च व्यवस्थापन लगायतका सबै तयारी पुरा भएको छ । बाँसगढी नगरपालीका कार्यालय, ४ र ५ को वडा कार्यालय, नगर स्तरिय युवा सञ्चालको सहयोग, जिल्ला खेलकुद समिति बर्दिया, जिल्ला फुटबल सँघ बर्दियाको समन्वय र बाँसगढी क्षेत्रका बिभिन्न संघ संस्था, उद्योगी व्यापारी, समाजसेबी लगायतको सहयोगमा खेल सञ्चालन गर्न सफल भएको मुल सम्पादन समिति संयोजक खड्काले बताए ।

खेल सञ्चालनको लागि करिब ३ लाख ८७ हजार बढी खर्च लाग्ने अनुमान गरे अनुरुप आर्थिक व्यवस्थापन भईरहेको लेखा व्यवस्थापन समिति संयोजक फग्गु थारुले बताए । खेल नियम अनुसार स्वच्छ, निपक्ष र धादली रहित रुपमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

नगर स्तरिय युवा सञ्जालका संयोजक एकनारायण अधिकारीले सञ्चालन गरेको कार्यक्रममा मुल सम्पादन समिति संयोजक खिम बहादुर खड्का, लेखा व्यवस्थापन समिति संयोजक फग्गु थारु, खेल प्रशिक्षक रामजीत थारु, सचिबालय व्यवस्थापन समिति संयोजक खुसीराम थारु, फिल्ड व्यवस्थापन उपसमिति संयोजक शिव थारु, बिभिन्न उपसमितिका संयोजक, क्लवका सदस्य लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमलले ३० किलो बराबरको खसी जित्ने र द्धितिय, तृतिय, उत्कृष्ठ खेलाडीहरुलाई समेत उचित पुरुस्कारको व्यवस्था रहेकोे आयोजकको भनाइ छ ।

प्रकाशित मितिः सोमवार, अशोज १५, २०७५     8:32:43 AM  |