21 June 2021  |   सोमवार, असार ७, २०७८

राष्ट्रिय संगीतकर्मी संघ बाँकेको अध्यक्षमा तामाङ

कविन्द्र परियार
प्रकाशित मितिः सोमवार, अशोज १५, २०७५  

कविन्द्र परियार/कोहलपुर १५ असोज,राष्ट्रिय संगीतकर्मी संघ बाँकेको अध्यक्षमा बलु तामाङ निर्विरोध निर्वाचित भएका छन । शुक्रबार कोहलपुरमा सम्पन्न संघको प्रथम अधिवेशनबाट तामाङ दास्रो कार्यकालका लागि अध्यक्षमा निवार्चित भएका हुन । तामाङको अध्यक्षयतामा १७ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

संघको उपाध्यक्षमा नवराज सुवेदी द्धितिय उपाध्यक्षमा विशाखर जैसी सचिवमा ओम शर्मा कोषाध्यक्षमा गीता नेपाली सहसचिवमा प्रमोद डिजी निवार्चित भएका छन ।त्यस्तै सदस्यहरुमा राजेन्द्र बहादुर शाही,खुमा डि.सी सुनिल ढकाल बल बहादुर रेउले, सरला शाही,कल्पना कार्की , सृजना देवकोटा, अमन वली , मंगल बटाला, मिना पुन, र पिन्टु काँदु निवार्चित भएका छन ।त्यस्तै सल्लाहकारहरुमा देवकी निरौला ,सुनिल सागर, शंकर शाही र बद्री ढकाल चयन भएका छन ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख अथिति तथा केहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले बाँके जिल्ला पनि गीत संगीतमा अघि बढेकोमा खुसी व्यक्त गरे । साथै उनले कला संस्कृतिको सम्मान गर्नको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले कला संस्कृतिको सम्मान गर्ने उचित थलोको खोजिमा रहेको समेत बताए।

“हाम्रो कला र संस्कृति गौरव पुर्ण शान,कलाकर्मीको उत्थानलागि हाम्रो अभियान”भन्ने नाराका साथ सम्पन्न भएको अधिवेशनमा वरिष्ठ देउडा गायक तथा प्राज्ञ नरेन्द्र राज रेग्मी र वरिष्ठ संगितकार सुनिल सागरलाई नेपाली गीत संगीतामा पु¥याएको योगदान कदर गर्दै दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।अधिवेशनको उद्घाटनसत्रमा कलाकारहरुले विविध सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए । सो अवसरमा कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने दाताहरुलाई समेत प्रशंसा पत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमाल कोहलपुर नगरपालिका वडा नं ११ का वडाध्यक्ष कर्ण बहादुर थापा राष्ट्रिय संगितकर्मी संघ प्रदेश नं ५ का अध्यक्ष लालमणी ढुङ्गाना प्रदेश संयोजक थानेश्वर अधिकारी पुर्णिमा साहित्यिक प्रतिष्ठानका अध्यक्ष महानन्द ढकाल साहित्यकार देवकी निरौला नृत्य निर्देशक सुन्दर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मितिः सोमवार, अशोज १५, २०७५     8:13:02 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *