कोहलपुर (बाँके) ।
बाँकेका तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिएको छ । बाँके जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ देखि ३ सम्म प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिएको हो । तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्तापूर्व सर्वदलीय बैठक आह्वान गरिएको थियो । बैठकमार्फत तीन वटै क्षेत्रमा उम्मेदवारी दर्ताका लागि दलहरूलाई आपसी सहमतिमा समय निर्धाण गरिएको हो ।
निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ अगैयाका अनुसार दलहरूको बैठक बसेर आपसी समझदारीमा समय निर्धारण गरिएको हो । सहायक निर्वाचन अधिकृत विरबहादुर पोखरेलले १० वटा राजनीतिक दलहरूले प्रत्यक्षतर्फ उम्मेदवारी दिने जानकारी प्राप्त भएको बताए । उनका अनुसार नेशनल मंगोल पार्टीलाई बिहान ११ बजे, राष्ट्रिय जनमोर्चालाई १२ बजे र नेपाल मजदुर किसान पार्टीलाई १२ः३० बजे उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
यसैगरी नेकपा एमालेलाई दिउँसो १ बजे, नेपाली कम्युनिस्ट पार्टीलाई २ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई २ः३० बजे र राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३ बजे समय प्रदान गरिएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीलाई ३ः३० बजे र नेपाली काँग्रेसाई उम्मेदवारी दर्ताको लागि ४ बजेको समय निर्धाण गरिएको पोखरेलको भनाइ छ ।
क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार सोमबार दलहरूसँग निर्वाचन आचारसंहिता र उम्मेदवारी दर्ता गर्दा आवश्यक कागजात व्यवस्थापन तथा अन्य विषयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमार्फत आपसी सहमतिमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने १३ दलको समय निर्धारण गरिएको उनले बताए । उनका अनुसार क्षेत्र नम्बर २ मा बिहान १० बजे जनता समाजवादी पार्टी र साँझ ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दर्ता गर्नेछन् ।
यस्तै क्षेत्र नम्बर ३ मा ११ दलले प्रत्यक्षतर्फ उम्मेदवारीका लागि नाम दर्ता गराएका छन् । निर्वाचन अधिकृत दशरथ गौतमका अनुुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारीको समय तोकिएको छ । सम्बन्धित दललाई प्रतिनिधिको सहमतिमा समय निर्धारण गरिएको उनले बताए।
कपास विकास समितिको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजे नेशनल मंगल अर्गनाइजेन पार्टीले उम्मेदवारी दर्ता गर्नेछ । दोस्रोमा नेकपा एमाले, तेस्रोमा नेपाली कम्युनिस्ट पार्टी, चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौँमा नेपाली काँग्रेस पार्टीले उम्मेदवारी दर्ता गर्नेछन् । सोही बमोजिम अन्य दलहरूको समेत तोकिएको कार्कीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्