8 March 2021  |   सोमवार, फाल्गुन २४, २०७७

जिप पल्टिदा आवत जावत बन्द

रावन विश्वकर्मा
प्रकाशित मितिः शुक्रबार, भदौ १५, २०७५  

बर्दिया/  बाँसगढीको लखना राँझा रोड हिलाम्ये र खाल्डाखुल्डी भएर जिर्ण बन्दै गए पनि कसैको ध्यान पुगेको छैन । जिर्ण सड्कमा पनि जोखिम मोलेर बाध्यताले स्कुल बस, यात्रु बाहक बस, अटोरिक्सा, मोटरसाईकल र अन्य गाडीहरु गुडिरहेका छन ।

बर्षातको पानीले हिलाम्ये सँगै खाल्डा खुल्डी परेर जिर्ण सड्ककै कारण बिहिबार करेन्ट चाउचाउ बोकेको बोलेरो पिकप गाडी बिच सड्क मै पल्टिएको छ । भे १ च १७३७ नम्बर बोलेरो बिच सड्कमा पल्टिए पछि आवागमन नै बन्द भएको छ ।

लखना चोक देखि करिब १ किलो मिटर अगाढी साईकलन समेत जान नसक्ने गरी बोलेरो पल्टिदा यात्रु बाहक बस, अटोरिक्सा, मोटरसाईकल समेतको आवतजावत बन्द भएको छ ।

हिलाम्ये भएको मर्मतको लागि सम्बन्धीत निकायले बेलैमा चासो नदेखाउदा समस्या भएको नागरिकहरुको भनाई छ । आवागमन बन्द हुदा आहोरदोहोर गर्ने यात्रुहरु समस्यामा परेका छन । सड्क मर्मतको लागि स्थानिय निकायले तदारुक्ताका साथ चासो नदिएकाले पनि नागरिकहरुले समस्या भोगिरहेको गुनासो गरेका छन ।

सड्क मर्मतका लागि समिति निर्माण गरे पनि अझै काम हुन सकि रहेको छैन । सड्क मर्मतको लागि सेतु चन्द ठकुरीको अध्यक्षतामा ११ सदसिय उपभोक्ता समिति गठन गरिएको छ । उपभोक्ता समितिले अझै वडा कार्यालयहरु सँग सम्झौता गरेको छैन ।

उपभोक्ता समितिका अध्यक्ष चन्दका अनुसार शुक्रवार वडाहरु सँग सम्झौता हुने र सबै प्रक्रिया पुरा गरेर केही दिनुमा ग्राभेल खसाल्ने बताए ।

बाटो मर्मतका लागि सबै प्रक्रिया पुरा गरेर छिटै सड्क मर्मत गर्ने वडा नम्बर २ र ३ का वडा अध्यक्षले बताए पनि एक हप्ता हुदा सम्म पनि अझै काम अगाडी बढेको छैन ।

बाँसगढी नगरपालीका वडा नम्बर २ र ३ वडा अन्तगर्त पर्ने करिब ११ किलो मिटर सड्क बर्षातको पानीले खाल्डा खुल्डी र हिलाम्ये भई स्कुल बस, अटोरिक्सा, मोटरसाईकल, साईकल र पैदल यात्रा गर्ने सबैलाई असहज भएको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ १५, २०७५     7:31:17 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *