बाँसगढी/ बर्दियाको बाँसगढीका ३ जना विद्यार्थी मिलेर दृष्टिविहीन बालबालिकाहरुलाई सहयोग गरेका छन् । जनै पुर्णीमा तथा रक्षा बन्धनको अवसर पारेर दृष्टिविहीन बालबालिकाहरुलाई कपडा, हर्लिक्स, दालमोट र मिठाई वितरण गरिएको हो । 
नेरा मावि बाँसगढीमा कक्षा–९ मा अध्यानरत नबिन सुवेदी, गोर्खा युनाईटेड पब्लिक स्कुल कोहलपुरमा कक्षा–१० मा अध्ययनरत सन्देश बिसी, बाँसगढी एकेडेमीक पब्लिक स्कुल कक्षा–१० मा अध्ययन गर्ने सरोज तिमेल्सेनाले दृष्टिविहीन बालबालिकाहरुलाई सहयोग गरेका हुन् ।
दृष्टिविहीन बालबालिकाहरुलाई सबैले सहयोग र साथ दिनुपर्छ उनीहरुको पिडालाई सबैले बुझ्नु पर्छ भन्ने सन्देशको लागि पनि सानो सह्योग गरेको उनीहरुले बताएका छन् । विद्यालयमा रहेका दृष्टिविहीन बालबालिकाहरुलाई यता उता हिड्ेको देख्दा भित्रैदेखि मन दुख्दै आएको र उनीहरुको पिडामा मैले पनि थोरै साथ दिन सक्छु कि भन्ने आत्मैदेखि भावना जागेर मिलेर सहयोग गरेको नबिन सुवेदीले बताए ।
दृष्टिविहीन बालबालिकाहरुलाई हामीले गर्ने थोरै सहयोग र हौसलाले उनीहरुमा उत्साह जाग्ने भएकाले सबैले सहयोग गर्नु पर्ने सन्देश बिसीले बताए । दृष्टिविहीन बालबालिसँग पनि हामी जस्तै हिडुल गर्ने, खेल्ने र रमाईलो गर्ने ईच्छा तर उनीहरुको त्यो ईच्छा चाहाना पुरा गर्न सके पनि उनीहरुको पिडामा थोरै सहयोग गर्न किन सकिदैन भनेर सन्देशको लागि सहयोगी हात मात्रै दिएको सरोज तिमेल्सेनाले बताए ।
बाँसगढी क्षेत्रमा पहिलो पटक यसरी बालबालिका मिलेर दृष्टिविहीन बालबालिकाहरुलाई सहयोग गरेकोमा बिद्यालयले धन्यावाद दिएको छ । सहयोग कार्यक्रममा शिक्षक ढाकाराम ढकाल, बिष्णु बोहोर र फनेन्द्र प्रसाद ढुंगानाको समेत उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : २०७५ भदौ ११ गते सोमबार









प्रतिक्रिया दिनुहोस्