‘चेलीको आधार फेरी तिज आयो बाबा’ को भिडियो छायाङ्कन



बर्दिया/ बर्दियाको बाँसगढीमा ‘चेलीको आधार फेरी तिज आयो’ बाबा बोलको तिज गीतको म्युजिक भिडियोको छायाङ्कन सकिएको छ ।

चर्चित गायिका तथा राज्य सभा सदस्य कोमल वलीको स्वरमा सजिएको सन्देशमूलक तिज गीत स्वाभिमान महिला समुह बाँसगढीको दोस्रो प्रस्तुतिको रुपमा निर्माण गरिएको हो ।

म्युजिक भिडियोको बाँसगढी क्षेत्रका विभिन्न मनमोहक र आकर्षक स्थानहरुमा छायाङ्कन गरिएको छ । सिजि फुड्स ईन्टरप्राईजेज, ऐचोेपैचो सहकारी संस्था, बाँसगढी बजार क्षेत्रको दृश्य सहित निर्माण गरिएको तिज म्युजिक भिडियोमा केही समसामायिक कथा वस्तुलाई अभिनय र नृत्य समेत राखिएको निर्माता शंकर शर्माले बताए ।

गितले तिजमा रमाईलो मात्र गर्ने नभई महिलाहरुलाई कसरी आत्मा निर्भर र स्वाभिमान गराउन सकिन्छ भन्ने विषयमा जोड दिएको छ ।

सहकारी संस्था मार्फत महिलाहरुलाई नियमित बचत गर्ने बानीको विकास गरी विभिन्न आयमुलक कार्यमा लगानी लगाउन उत्पे्ररित गर्ने शब्दहरु राखिएको गीत रचनाकार भगवती शर्माले बताइन् ।

सहकारीलाई आधार बनाएर नेपालमै केही गर्न सकिन्छ, खेतीपाती, पशुपालन, व्यवसाय गरेर उज्वल भविष्य बनाउन सकिने तर्फ गीतले जोड दिएको छ । म्युजिक भिडियोमा बाँसगढी नगरपालिकाका मेयर सालिकराम अधिकारीलाई समेत देख्न पाइने निर्माताको भनाइ छ ।

नवराज सुवेदीको निर्देशनमा निर्माण भएको भिडियोको रामकुमार चौधरीले छायाङ्कन गरेका छन् । केशव बडुको संगितमा तयार भएको गितलाई बागेश्वरी म्युजिक प्रा.ली.मार्फत म्युजिक नेपालको युटुब च्यानलबाट छिट्टै रिलिज गरिने छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ ५ गते मंगलबार