1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

प्रियंकाले गर्दनमा खोपाइन् आयुष्मान र आफ्नो संयुक्त नाम ‘आयांका’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन १४, २०७५  

अभिनेत्री प्रियंका कार्कीले केही दिनअघि मात्रै प्रेमी आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेर आफ्नो सम्बन्धलाई अर्को लेभलमा पुर्याएकी छिन् ।

हतारमा इन्गेजमेन्ट गरेर चर्चाकी आएकी प्रियंका त्यसको केही दिनपछि सार्वजनिक भएको गीतमा दिएको भल्गर सिनका कारण पनि चर्चा र विवादमा आइन् ।

गीतमा प्रियंकाले अभिनेता प्रमोद अग्रहरीसँग भल्गर बेड सिन दिएकी छिन् जुन नेपाली समाजमा सहजै पच्ने खालको छैन ।

यसले आयुष्मान र प्रियंकाको सम्बन्धमा समेत असर पर्नसक्ने भनेर आलोचना भैरहेको छ ।

यो गीत विवादमा आएपछि केही दिनअघि मात्रै आयुष्मानलाई धेरै नै सम्झेको भन्दै प्रियंकाले सामाजिक सञ्जालमा एक पोष्ट पनि सेयर गरेकी थिईन् ।

तर, यस पटक भने प्रियंकाले अमेरिकाबाटै आयुष्मान र आफ्ना फ्यानलाई सरप्राइज दिएकी छिन् । इन्गेजमेन्टपछि आयुष्मान र प्रियंकाले आफूहरुको संयुक्त नाम ‘आयांका’ राखेका छन् ।

यहि नाममा प्रियंकाले आफ्नो गर्दनमा ट्याटु खोपाएकी छिन् । यो प्रियंकाको शरीरमा खोपिएको चौथो ट्याटु हो ।

यस अघि नै शरीरमा तीनवटा ट्याटु खोपाएकी प्रियंकाले चौथो ट्याटु आफ्नो र आयुष्मानको नाममा खोपाएकी छिन् ।

उनले ट्याटु शो गरेको एक तस्बिर सेयर गर्दै सधै‌ंभरीको माया भनेर क्याप्सन लेखेकी छिन् । यस अघि प्रियंकाले दाहिने खुट्टामा एउटा ट्याटु खोपाएकी थिइन् ।

त्यस्तै उनको ढाडमा एउटा ट्याटु छ भने दाहिने स्तनको तल पट्टि पनि प्रियंकाले ट्याटु खोपाईसकेकी छिन् ।

ट्याटु सौखिन प्रियंकाले अहिले आफ्नो र आयुष्मानको सम्बन्ध प्रगाढ रहेको कुरा देखाउनको लागि चौथो ट्याटु खोपेको बुझ्न सकिन्छ ।-ujyaaloonline

प्रकाशित मितिः सोमवार, साउन १४, २०७५     8:18:19 AM  |