बागेश्वरी क्याम्पसको संचालक समिति बैठकक सम्पन्न



कोहलपुर/कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा पुर्ण बैठक सम्पन्न भएको छ ।  एक समिति र ३ उपसमिति बनाउँदै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको संचालक समितिको सम्पन्न भएको हो ।

Image may contain: one or more people, people standing and outdoor

शुक्रबार सम्पन्न बैठकले पदपूर्ति समिति, लेखा तथा महायज्ञ रकम संकलन उपसमिति, बिधान संसोधन तथा शैक्षिक प्रशासन उपसमिति र निर्माण उपसमिति गठन गर्दै मध्यपश्चिम बिश्वविद्यालयको आंगिक क्याम्पस छिटो घोषणा गर्न पहल गर्ने, महायज्ञ रकम संकलन गर्ने, आर्थिक, शैक्षिक र प्रशासनिक काम प्रभावकारी बनाउन उपसमिति हरुले तत्काल काम सुरु गर्ने, निर्माणका काम अन्तरगत प्राबिधिक भवन निर्माण, सि.सि.क्यामरा जडान लगायतका कामहरु तत्काल गर्ने, लोकसेवा आयोग तयारी कक्षा संचालनका लागि पहल गर्ने, स्वच्छ शैक्षिक वातावरण निर्माण र गुणस्तरीय शिक्षा प्रदानका लागि विद्यार्थी, प्राध्यापक, कर्मचारी र संचालक समिति बिच छलफल गरी आचारसंहिता तयार पार्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ ।

क्याम्पसको बिकासका लागी सबैको सहयोगको अपेक्षा गर्दै क्याम्पस संचालक समिती अध्यक्ष नरेन्द्र न्यौपानेले ब्यवस्थित क्याम्पस र गुणस्तरिय शिक्षा आफ्नो प्रमुख एजेन्डा रहेको बताए ।

उनले क्याम्पस र समग्र कोहलपुरको शैक्षिक क्षेत्रको बिकासका लागि यहाँका सरोकारवाला निकायहरु एक जुट भई विकास र समृद्धिको लागि अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन १२ गते शनिबार