बर्दियाको जमुनीमा तीन दशकअघि जन्मिएका विपी वाग्ले संघर्षको पर्यायवाची नाम हो । सानै उमेरदेखि गीतसँगीतमा रुचि राख्ने वाग्लेले आफ्नो अथक परिश्रम र लगनशीलताले लक्ष्यलाई छोइराखेका छन् । अत्यन्तै सरल र मिजासिलो स्वभावका धनी कलाकार विपी वाग्ले हाल काठमाण्डौंको अनामनगरमा आफ्नै मिसन इन्टरटेनमेन्ट मार्फत कलाको पाटोमा विकाउ र टिकाउ बन्दै गएका छन् । मूलतः आधुनिक र त्यसपछि पप र सुफी धारलाई अघि बढाइरहेका छन् विपीले । केही दिनको लागि बाँके बर्दिया निस्किएका कलाकार विपी वाग्लेसँग यस दैनिकका अतिथि सम्पादक शंकर अशान्तले गरेको कुराकानीको सम्पादित अंश :
गुरु भनेका डाक्टरनै हुन् बिरामीको स्वास्थ्य स्तर हेरेर
उपचार गरिनुपर्छ । गुरुहरुले जब यो कुराको ख्याल
गरिदिनुहुन्छ अनि सिकाई प्रभावकारी हुन्छ ।
- के को सिलसिलामा आउनु भयो बाँके बर्दियातिर ?
म जन्मिएको ठाउँ बर्दियाको जमुनी हो । आफू जन्मे हुर्केको गाउँ ठाउँको माया कहिल्यै मर्दो रहेनछ । यही ठाउँमा जन्मिएर हुर्किएर पढेर बढेर ठूलो भैयो । यसकारण मायाले मलाई बारम्बार डो¥याइरहन्छ ।
मैले पढेका दुई स्कुल दीपज्योति निमावि र अमरज्योति माविमा म्युजिकल कन्सर्ट गर्ने सोचले आएको छु । - यो कन्सर्टको उद्देश्य पनि त होला ?
उद्देश्य छ, यसबाट जे जति आर्थिक संकलन
हुन्छ । मैले दुबै विद्यालयलाई म्युजिकल इन्स्टुमेन्ट उपलव्ध गराउने छु । जसबाट गीत संगीतमा चासो र प्रतिभालाई केही गर्न सजिलो हुनेछ । - मोफसलको मान्छेलाई राजधानीमा स्थापित हुन गाह्रो भयो कि ?
हो, यो काम सजिलो छैन । स्थापित भनेर चिनिएका कतिपयको व्यवहार बुझिनसक्नु हुनेगर्छ । आफ्नै क्षेत्रबाट गएका साथीले समेत राम्रो व्यवहार गर्दैनन् । तर कतिपय अग्रजहरु आँखामा राखेपनि नबिझाउने छन् । डाक्टर भोला रिजाल, हरिलम्साल, कृष्णहरि बराल लगायत केहीले नयाँ भनेर कहिल्यै व्यवहार गरेनन् । राम्रा नराम्रा पक्ष त हुन्छन् । कलाक्षेत्रमा लगनशीलता र निरन्तरता ठूलो कुरा हो । यसो हुनसक्यो भने जो पनि सफल हुन्छ । - संगीत सम्बन्धी बिशेष अध्ययन इण्डियामा गर्नुभयो भन्ने सुनिन्छ ?
ख मैले शास्त्रीय संगीतको तीनवर्षे विसारद भारतबाटै गरेको हुँ । जम्माजम्मीमा पाँचवर्षे समय मैले त्यहाँ गुजारेको हो । यो समय मेरो सिकाइको समय महत्वपूर्ण छ । - एउटा नेपाली कलाकार, भारतीय गुरुबाट कस्तो व्यवहार पाउनुभयो ?
एकदम आत्मीयता व्यवहार पाएँ । पं.इन्द्रप्रसाद त्रिवेदी हो उहाँको नाम ।
धेरै पाएको छु मैले । यो पनि भन्छु गुरु भनेका डाक्टरनै हुन् बिरामीको स्वास्थ्य स्तर हेरेर उपचार गरिनुपर्छ । एउटै औषधि सबैलाई फिट त हुन्न नि । त्यस्तै हो । गुरुहरुले जब यो कुराको ख्याल गरिदिनुहुन्छ अनि सिकाई प्रभावकारी हुन्छ । यस्ता गुरुहरुपनि छन् जसले चुरोकुरो सिकाइदिन्नन् । त्रिवेदी संगीत डाक्टर भएको गर्वसाथ भन्नसक्छु । - कति गीत गाउनुभयो । कुन कुन गीत स्मरणीय छन् ?
८० भन्दा ज्यादा गीत रेकर्ड गराइसकेको छु । गीतमा विविधता पाउनुहुनेछ । ‘यात्रा नरोज मसँग’ बोलको गीतबाट गायन यात्रा शुरु गरेको हुँ । ‘आजभोलि आउँदिनौ तिमी’, ‘अनि म छहारी हुँ तिम्रो’ ‘कोरेर मीठा भावहरु’ जस्ता गीतले धेरै राम्रो संकेत लिएर आए । भोला रिजाल, निशान भट्टराई आदिसँग सहकार्य भयो । पश्चिम नेपालका साहित्यिक धरोहर, स्वर्गीय गायक प्रेमप्रकाश मल्लको गीत सुनौलो अक्षले मनमा लेखिएको छ । ‘देखेर तिमीलाई सम्मोहित सारा हेरेर रोमाञ्चित साराका सारा रारा ओ रारा’ गीतले अत्याधिक आनन्दाभूति हुन्छ । मल्लजीलाई यो गीतले अमर राख्नेछ । हालै कोहलपुर महानन्द ढकाल सरको एउटा मीठो गीत रेकर्ड भएको छ ‘यो ज्यान मेरो नेपाल कसरी बेच्न सक्छु म’ नेपाली आमा रोएको कसरी देख्न सक्छु
म । अत्यन्त राम्रो बनेको छ । - मिसन ईन्टरटेन्मेन्टमा के हो ?
काठमाण्डौंमा रहेको संस्था कलासँग सम्बन्धित । यहाँ पन्ध्रजना छौँ । यहाँ गीत संगीतकै काम हुन्छ । भिडियो छायाँकन, म्युजिक निर्माण गर्ने काम पनि हुन्छ । संगीत क्लासको सोच बनेको छ । - बाँके बर्दियाबाट काठमाण्डौंमा कलाकारिता गरिरहेकाहरु संगठित हुनु भएको छ कि ?
यो प्रयास चैँ भएको छ । सामाजिक सञ्जालमा ग्रुप बनाएर कुराकानी आदानप्रदान गर्छौ । अन्तरँग कुराकानी हुन्छ । तर जसरी लाग्नुपर्ने हुनसकेको छैन । - कलाकारहरु बिबादमा पनि मुछिएका हुन्छन् नि ?
केही कलाकारहरु कलाको आडमा छाडा छन् । महोत्सवमा देखिने पछिल्ला घटनालाई नै हेर्नुस् । कतिपय संगीतकारहरु माथि हमलानै भएका छन् । स्वयम् कलाकारहरुकै पनि आनीवानीले यस्तो भएको देखिन्छ । कसैसँग नराम्रो व्यवहार नगर्ने, झुठो आश्वासन नदिने मेरो आफ्नो शैली हो । मलाई चाहिँ इमान्दारिताले नै आजसम्म टिकाएको छ । - आफ्नो क्षेत्रको महोत्सवमा नबोलाईँदा कस्तो लाग्छ ?
नबोलाइएकोमा मलाई त्यस्तो केही लाग्दैन । हदै भए २०÷३० हजार या पचासै हजार दिइएला त्यो त म एउटा सानै प्रोजेक्टमा कमाइ हाल्छु । तर बोलाउनुपर्ने हो । - आफूलाई कस्तो कलाकार ठान्नुहुन्छ ?
यो श्रोता दर्शकले भन्ने कुरा हो । राम्रो प्रतिक्रिया पाएको छु । तर पनि सुपरहिट हुन बाँकी नै छ । मैले धेरै योजनाहरु बनाएको छ । इन्डोर कार्यक्रममा धेरै नै सरिक छु । हायत र याक एण्ड यति जस्ता नाम चलेका होटेलहरुमा गजल साँझहरु सम्पन्न भएका छन् । - अन्तमा अत्यन्तै निजी कुरा, बिहे कहिले गर्ने त ?
हा हा हा, यो प्रश्न प्रायः आइहाल्छ । म अब छिटै यो बारेमा निर्णय लिनुपर्छ भन्ने सोँचमा छु । जो मेरो बिजनेसको स्थायी हुन हुने छिन् र एउटा साँचो दिनसक्ने छु । मेरो संगीत यात्रामा सारथि बन्ने हुन चैँ आवश्यक छ ।