24 September 2023  |   आइतवार, अशोज ७, २०८०

दैलेखमा जिप दुर्घटना, चारजनाको मृत्यु, पाँच गम्भीर घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४  

दैलेख,१० फागुन/   दैलेखमा बिहीबार एक यात्रीबहाक जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । अरु पाँचजना गम्भीर घाइते छन् ।

मृत्यु हुनेमा प्रवण शाही, निर्मला पाण्डे विष्ट, तिलक ढकाल र निर्मला सिंह रहेका छन् ।

दैलेख सदरमुकामबाट दैलेखकै महाबु गाउँपालिका जाँदै गरेको लु१ज ३५३२ नम्बरको बोलेरो जिप महाबु गाउँपालिका–१ ओखलढुंगा भन्ने ठाउँमा दुर्घटना भएको हो ।

गम्भीर घाइते पाँचजनालाई उपचारका लागि जिल्ला अस्पतालमा पठाइएको छ ।

जिप उकालो लाग्नेक्रममा चिप्लेर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४     6:58:36 PM  |