प्रदेश नम्बर ६ मा वाम गठबन्धनका दुई उम्मेदवार विजयी



सुर्खेत,२४  माघ/ राष्ट्रियसभा सदस्यका लागि प्रदेश ६ मा दलित र अपाङगता तथा अल्पसंख्यकको मतपरिणाम सार्वजनिक भएको छ ।

वाम गठबन्धनबाट एमालेका नरपति लुवार (दलित) र माओवादीका केन्द्रका जीवनबहादुर बुढा अपाङ्गता कोटाबाट विजयी हुनुभएको हो ।

नरपतिले लोवारले तीन हजार ६ सय ६६ मत ल्याएर विजयी हुनु भएको छ भने कांग्रेसका मित्रलाल सार्कीले ९ सय ६० मत ल्याएर पराजित हुनु भएको छ ।

माओवादी केन्द्रका जीवनबहादुर बुढाले ३ हजार ७ सय २० मत ल्याउनु भएको छ भने नेपाली कांग्रेसका गोपालप्रसाद शर्माले ९ सय ७८ मत ल्याएर पराजित हुनुभएकोे छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २४ गते बुधबार