बाँसगढीमा ५० करोड लागतमा कबडहल बन्ने



रावन विश्वकर्मा : बाँसगढी,२४ माघ/   बर्दियाको बाँसगढीमा रु ५० करोडको लागतमा अन्तराष्ट्रिय स्तरको बहुउदेश्ययी कवड हल निर्माण हुने भएको छ।

बाँसगढी नगरपालिका –४ मगरपुरको जनचेतना सामुदायिक वनको जग्गामा “बहुउद्देश्यी एकेडेमी” नामक कबडहलको मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले बिधिवत रुपमा उद्घाटन गरेका छन् ।

रु.५० करोडको लागतमा निर्माण हुने हलको ६ महिनामा हलको निर्माण गर्ने र बाँकी अन्य काम ३ वर्ष भित्र सम्पन्न गरिसक्ने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले प्रतिवद्धता जनाए ।

उनले कबड्डी खेलका लागि आवश्यक भवन, गोष्ठि सेमिनारको लागि भवन, औषधी उपचारको लागि छुटै कोठाको व्यवस्था, पुस्तकालय, सहित अत्याधुनिक प्रविधि सहितको कवडहल निर्माण हुन लागेकाले हो ।

अब बर्दियाले खेलको विकासमा फड्को पार्ने बताए । उनले आगामी वर्षबाट राष्ट्रिय स्तरको कबड्डी प्रतियोगीता यही हलमा गर्ने समेत बचन दिए । त्यस्तै शिलान्यास कार्यक्रममा अखिल नेपाल राष्ट्रिय कबड्डी संघका अध्यक्ष तुलसा थापा गौतमले बाँसगढी क्षेत्रमा कबड हल निर्माण पछि यस क्षेत्रका खेलाडीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडीको रुपमा अगाडि बढ्न सक्ने कुरामा जोड दिइन ।

जिल्ला खेलकुद विकास समिति बर्दियाका अध्यक्ष खगेन्द्र खनालको सभापतित्वमा भएको शिलन्यास कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम वली, बाँसगढी नगरपालिका प्रमुख सालिकराम अधिकारी, ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख महेन्द्रजगं शाही, ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरीक्षक चक्र बहादुर डम्बर पाल, जिल्ला समन्वय समितिका सदस्य, बाँसगढी नगरपालिका वार्ड अध्यक्ष, सदस्य, विभिन्न राजनितिक दलका प्रतिनिधि, वुद्धिजिवि, समाजसेवी, शिक्षक, खेलप्रमी, खेलाडी, युवा लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २४ गते बुधबार