नेपालगञ्ज,२६ पुस/ सर्वोच्च अदालतको मानहानी गरेको विषयमा पक्राउ परेका प्रा.डा गोविन्द केसीलाई निशर्त रिहा गर्न भन्दै नेपालगञ्जमा प्रदर्शन गरिएको छ ।
विभिन्न विद्यार्थी संगठन तथा नागरिक समाजको अगुवाहरुले नेपालगञ्जमा क्ष् बm धष्तज मच। प।अ। लेखेको प्लेकार्ड सहित प्रदर्शन गरेका छन् ।
नेपालगञ्जको विपीचोकमा गरिएको प्रदर्शनमा ‘स्वास्थ्यमा राजनीति चाहिदैन, न्यायालयमा राजनीति चाहिदैन, डा. गोविन्द केसीलाई निशर्त रिहा गर, न्यायालयको राजनीति बन्द गर’ जस्ता नारा लगाउदै उनीहरु धर्नामा समेत बसेका थिए ।
सो धर्नामा नागरिक अगुवा तथा वरिष्ठ प्लास्टिक सर्जन डा. विनोद कर्ण, एमाले निकट अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाह, सचिव टेकेन्द्र मल्ल, नेवि संघ बाँकेका चक्र रावत, नयाँ शक्ति विद्यार्थी युनियन बाँके संयोजक टंक धमला लगायतका विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो । उनीहरुले केहीबेर नाराबाजी गर्दै धर्नामा बसेका थिए ।








प्रतिक्रिया दिनुहोस्