रावन बिश्वकर्मा ,बर्दिया/ पुस २४ बाँसगढी नगरपालिकाले आगुऔषध नियन्त्रण अभियान सञ्चालन गरेको छ । “विकृती, विसंगति रहित समाज निर्माण, शान्ति सुरक्षा हाम्रो अभियान” भन्ने नारा सहित बाँसगढी नगरपालिका–१ चेपांङबस्तीबाट शुरु गरिएको छ । ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीको आयोजना, नगर स्तरीय युवा सञ्जाल बाँसगढी, बाल सञ्जालको सहआयोजना र बाँसगढी नगरपालिकाको सहयोगमा आइतबार बाँसगढी नपा–१ मा शिक्षक, विद्यार्थी र युवाहरुलाई लागु औषधका बारेमा जानकारी गराइएको थियो । नेपालमा लागुपदार्थ दुब्र्यसन दैनिक रुपमा बढिरहेको र बिशेष गरी बालबालिका, युवा युवतिहरु दुव्र्यसनमा फसिरहेको अवस्थालाई मध्यनजर गर्दै यसलाई रोक्नको लागि चेपाङका ५ वटा स्कुलका शिक्षक विद्यार्थीहरुलाई लागुऔषध सम्बन्धी जानकारी गराइएकोे ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर डम्बर पालले बताए । कार्यक्रममा बोल्दै बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले वडा नम्बर १ चेपाङबस्तीबाट सञ्चान गरिएको यो अभियान बाँसगढी नगरपालिकाका सबै वडाहरुमा सञ्चालन गरिने
बताए । बाँसगढी नगर शिक्षा शाखा प्रमुख निलकण्ठ रेग्मीले स्वागत मन्तव्य राखेको कार्यक्रममा बाँसगढी नगरपालिका वडा नं १ मा निर्वाचित जनप्रतिनिधीहरु, युवा सञ्जाल, बाल सञ्चालहरुको उपस्थिति रहेको
थियो । वडा नम्बर १ का वडा अध्यक्ष जयराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर स्तरीय युवा सञ्जालको संयोजक एकनारायण अधिकारीले गरेका थिए ।
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार
प्रतिक्रिया दिनुहोस्