बाँकेको तापक्रम माईनस शुन्य डिग्री पुग्नसक्ने अनुमान



मिसन समाचारदाता कोहलपुर १८ पुस बाँकेमा आइतबारदेखि बढ्न लागेको चिसो सोमबार अत्याधिक बढेको छ । आइतबार राती ८ बजेदेखि नै बाक्लो हुस्सु र शीतलहर शुरु भएकोमा सोमबार दिनभर घाम देखन पाइएन भने चिसोले जनजीवन अस्तव्यस्त भएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राझाका अनुसार सोमबार बाँकेको अधिकतम तापक्रम यस वर्षकै अहिले सम्मकै न्यून रहनगएको छ । यस्तै केही दिन हुने हो भने बाँकेको न्यूनतम तापक्रम माइनस डिग्री सेल्सियसमा पुग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राझाका इन्चार्ज रिता महतोले बताइन् । महतोका अनुसार जनवरी महिनाभर चिसो अत्याधिक हुने गरेका कारण अझै एक महिनासम्म चिसो रहिरहने छ । नेपालगञ्जमा सन २०१३ को जनवरी ९ र १० मा हालसम्मकै सबैभन्दा बढी चिसो मापन गरिएको थियो । ती दुई दिनमा नेपालगन्जको न्यूनतम तापक्रम माईनस ०.३ डिग्री सेल्सियस रहेको थियो

  • No tags available
प्रकाशित मिति : २०७४ पुस १८ गते मंगलबार